विराटनगर – नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी पुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो । सत्ता समीकरण फेरबदलअघिको सरकारमा पनि प्रवक्ता रहेकी मन्त्री शर्माले नवगठित सरकारमा पनि पुनः सो जिम्मेवारी पाएकी हुन् ।
यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औं सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन् । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् ।
Post Views: 3