विराटनगर – मोरङ र उदयपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-५ का २४ वर्षीय राज कुँवर र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३१ वर्षीय विजय राई रहेका छन् ।
बुधबार अपराह्न सवा ४ बजे कुँवरलाई विराटनगर महानगरपालिका-१६, हुलास चोकबाट लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध लुपिजेसिक ८ एम्पुल, डाइजेपाम ८ एम्पुल, एभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै राईलाई बुधवार साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-५, सिवाईबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागुऔषध लुपिजेसिक ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 4