कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी

 राष्ट्रिय डेली

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् ।

विराटनगरको वैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली समूह ‘ए’ मा ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर खडा गरेको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरी नटआउट ५५ रन बनाउँदा विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौका प्रहार गरी ४२ रन र रवीन्द्र शाहीले ३५ रनको योगदान दिए । एपीएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले १-१ विकेट लिए ।

जवाफमा १ सय ६६ रनको लक्ष्य पाएको एपीएफले पूरै ओभर खेल्दै ६ विकेट गुमाई १ सय १४ रन मात्र बनाउन सक्यो । एपीएफका अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरी ३७ रन, हिमांसु दत्तले २५ र पूरण विकले १८ रनको योगदान दिए । कर्णालीका दीपेन्द्र रावतले २ विकेट लिँदा रवीन्द्र साहले पनि २ विकेट तथा प्रकाश जैसीले १ विकेट लिए ।

दोस्रो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको छ । लुम्बिनीको यो लगातार ३ खेलमा शतप्रतिशत नजिता निकाल्दै ६ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा यथावत् रहेको छ । लुम्बिनीले यसअघि गण्डकी र सुदूरपश्चिमलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । बागमतीका कप्तान रीत गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरी ४३ रन बनाउँदा आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन र इशान पाण्डेले २१ रनको योगदान दिए । लुम्बिनीका चाहुल चैहानले ३ विकेट लिँदा कृष्ण कार्कीले २ विकेट लिए ।

जवाफमा १ सय ५४ को लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान देव खनालको शतकले १७ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । लुम्बिनीको जितमा कप्तान खनाल १ सय रनमा नटआउट रहे । उनले ५१ बलमा ७ छक्का र ७ चौका प्रहार गरी शतक पूरा गरे । खनालको शतक कोशी प्रदेश ट्रफीमा पहिलो शतक हो । त्यस्तै विशालविक्रम केसीले नटआउट २७ रन बनाए । बागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरूङले १-१ विकेट लिए ।

आइतबारको पहिलो खेल गण्डकी र नेपाल पुलिस तथा दोस्रो खेल आर्मी र मधेसबीच हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

adv-single
सम्बन्धित समाचार

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...

राप्रपा कोशी प्रदेश प्रमुख सचेतकमा सविना बजगाई चयन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको प्रमुख सचेतकमा सविना बजगाई चयन भएकी छन् । सोमबार बसेको राप्रपा संसदीय दलको बैठकले बजगाईलाई प्रमुख सचेतकमा चयन गरेको हो । यसअघि राप्रपा कोशी प्रदेशको प्रमुख सचेतकमा...