कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा पुलिसको पहिलो जित, आर्मीको दोस्रो जित

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा पुलिसको पहिलो जित, आर्मीको दोस्रो जित

 राष्ट्रिय डेली

 

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

जितसँगै पुलिस समुह वि मा २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकको साथ तेस्रो स्थानमा उक्लिएको भने गण्डकीले खेलेको तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । गण्डकीका लागि दिनेश बुढा मगरले ४५ बलमा १ छक्का र ५ चौका प्रहार गरि ४६ रन बनाउँदा इश्वर क्षेत्रीले ३० बलमा २ छक्का र ५ चौेका प्रहार गरि ४१ रन तथा दिपक डुम्रेले ३१ बलमा १ छक्का र ३ चौका प्रहार गरि ४० रनको योगदान दिए ।

पुलिसको अविशेक कार्कीले २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दिपक सेरलाले समान १–१ विकेट लिए । जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । पुलिसको जितमा प्लेयर अफ द म्याच शंकर रानाले ३० बलमा ३ छक्का र ५ चौका प्रहार गरि नटआउट ५१ रन बनाउँदा अमित श्रेष्ठले २८ रन, रोहन विकले १९ रन र शरद भेषवाकरले १८ रनको योगदान दिए । गण्डकीका अम्रित गुरुङले २ विकेट लिँदा सन्दिप पराजुलीले पनि २ विकेट तथा चन्द्र पोडेलले १ विकेट लिए ।

दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । आर्मीले लगातार दोस्रो जित निकाल्दै समुह १ को शिर्ष स्थानमा उक्लिएको छ । आर्मीले यस अघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको छ । आर्मीले २ खेलमा २ जित निकाल्दै ४ अंकका साथ पहिलो स्थानमा छ भने ३ मा १ खेलमा जित र २ खेलमा पराजित भएको मधेश २ अंकका साथ चौथो स्थानमा यथावत रहेको छ ।

टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । मधेशका पवन सराफले ३९ बलमा ६ छक्का र २ चौका प्रहार गरि ६३ रन बनाउँदा साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए । आर्मीका नितेश पटेलले ४ विकेट लिए । पटेलले ४ ओभरमा १९ रन मात्र दिए । त्यस्तै त्रितराज दास र शहाव आलमले २–२ विकेट लिए ।

 

जवाफमा १ सय ५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव ५ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गरि अविजित ६० रनको पारी खेले । त्यस्तै सन्तोष कार्कीले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरि ५७ रन र टुल थापाले १९ रनको योगदान दिए । मधेशका रुपेश सिंश, अविशेक तिवारी र पवन सराफले १–१ विकेट लिए ।

सोमबारको पहिलो खेल सुदूरपश्चिम र बागमती तथा दोस्रो खेल घरेलु छोली कोशी र एपिएफविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

adv-single
सम्बन्धित समाचार

लगानी सम्मेलन : द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन र डाटा सेन्टर निर्माणका लागि सम्झौता

काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुईवटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ...

आजदेखि सुरू दुईदिने लगानी सम्मेलनको यस्तो छ कार्यतालिका

काठमाडौँ । आजदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरू सञ्चालन हुँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत...

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको...

'यसकारण नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य'

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सही अवसर छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा...

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४, लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रूद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको...

तेस्रो लगानी सम्मेलन सुरू, १५१ परियोजना प्रस्तुत

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँमा आयोजित विशेष समारोहमा सम्मेलनको...

नेपाल भ्रमणमा आउँदै जापानकी विदेशमन्त्री

काठमाडौं । जापानकी विदेशमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले शनिबार विदेशमन्त्री याको कामिकावाको भ्रमण घोषणा गरेको हो । ‘परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट,...

उपनिर्वाचन भएका इलाम र बझाङमा आज मतगणना

विराटनगर । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरू गरिँदैछ । इलाम–२ को मतगणना बिहान ११ बजेबाट हुने भएको छ । राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिहरू,...

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...