लगानी नउठ्दा व्यापारिक घराना डुब्दै
विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको भन्दै कारबाहीको माग गर्दै दिएको उजुरी माथी जिल्ला समन्वय समिति संखुवासभाको ध्यानाकर्षण भएको छ ।
परिषद् संखुवासभा एकाइले बहालवाला शिक्षक राजनीतिक दलको पदाधिकारीमा चयन भएको भन्दै जिल्ला समन्वय समिति, संखुवासभामा उजुरी दिएको थियो ।
नेकपा (एमाले), संखुवासभाको हालसालै सम्पन्न जिल्ला अधिवेशनबाट मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्तिकुमार दाहाल उपाध्यक्ष र रामेश्वर माध्यमिक विद्यालय तथा रामेश्वर क्याम्पसका प्रमुख मदनबहादुर खत्री सदस्यमा निर्वाचित भएका थिए ।
उनीहरू पदाधिकारीमा नियुक्त भएपछि परिषद्ले कारबाहीको माग गर्दै दिएको उजुरीमाथि जिल्ला समन्वय समिति, संखुवासभाले कारबाही प्रक्रिया अगाडि बढाएको हो । समितिले नेकपा (एमाले) जिल्ला कमिटी संखुवासभालाई यस विषयमा जानकारी दिन भनेको छ ।
शिक्षा ऐन, २०२८ को दफा १६ (४) ५ को (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा निजलाई पदबाट हटाउने व्यवस्था रहेको छ ।
साथै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ग) मा राजनीतिक दलको सदस्यता वितरण गर्दा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति हुनुपर्ने व्यवस्था रहेको छ ।
विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...
विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...
विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...
विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...
विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...
काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...
काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...
विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...
विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...
विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...