काठमाडौं । आज बुधबार नेप्से १०.८३ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा कायम भएको छ । बुधबार २ अर्ब २३ करोड ५४ लाख ८६ हजार रुपैयाँ बराबरको ६० लाख ४७ हजार २१ किक्ता शेयर ४४ हजार २४९ पटक किनबेच भएको छ ।
बुधबार ३१० वटा कम्पनीको शेयर किनबेच हुँदा ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बुधबार सेन्सेटिभ इन्डेक्स पनि २.१७ अंकले घटेको छ । फोल्ट इन्डेक्स ०.९१ अंकले घटेको छ भने सेन्सेटिभ फोल्ट इन्डेक्स ०.७३ अंकाले घटेको छ । १३ वटा समुह अन्तरगत एक समुहको शेयर बढेको छ भने १२ समहुको शेयर घटेको छ ।
सर्वोत्तम सिमेन्टको शेयरमा १० प्रतिशतले बढेर सकारात्म सर्किट लागेको छ ।
Post Views: 0