बिहीबारदेखि विराट गोल्डकप, उद्घाटनमा नेपाल पुलिस र भुटान भिड्ने

बिहीबारदेखि विराट गोल्डकप, उद्घाटनमा नेपाल पुलिस र भुटान भिड्ने

 राष्ट्रिय डेली

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण बिहीबारदेखि सुरू हुँदै छ । प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।

विगत वर्षहरूमा ट्रष्टले संयोजक राखेर गर्दै आएको प्रतियोगिता यस वर्ष ट्रष्टको कार्यसमिति आफैंले गर्न लागेको हो । प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार पत्रकार सम्मेलन गरेर खेल हुने शहीद रंगशालाकाे मैदान मर्मत तथा सरसफाइ, खेलाडीहरूलाई खेल मैदानमा प्राथमिक उपचारको व्यवस्थासहितका तयारी भइसकेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी हुँदै छन् । नेपालबाट विभागीयसहित ७, भारतबाट २ र भुटानबाट १ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एएपीएफसी र चर्च ब्वाइज युनाइटेड छन् ।

यस्तै समूह ‘बी’ मा भारतको सिक्किम ड्रागन्स, साउर्थन समिति कोलकाता, त्रिभुवन आर्मी फुटबल क्लब, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार विभागीय टोली नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । बेलुका पौने ६ बजे सुरू हुने खेल कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्ने तय भएको छ ।

प्रतियोगिताको फाइनल खेल चैत २४ गते हुने छ । विजेता टोलीले नगद ११ लाख रूपैयाँ र उपविजेता टोलीले नगद ५ लाख ५० हजार रूपैयाँ पाउने छन् ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रूपैयाँ, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही नगद २१ हजार रूपैयाँ पुरस्कार दिइने छ । दैनिक हुने खेलको उत्कृष्ट खेलाडीले नगद ११ हजार रूपैयाँ र प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने आयोजकले जनाएको छ ।

२०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको प्रतियोगिता २०६८ बाट विराट गोल्डकपमा रूपान्तरित भएको हो । प्रतियोगिताको आठौं संस्करण सञ्चालनका लागि १ करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

adv-single
सम्बन्धित समाचार

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...