मुगु । गमगढीदेखि सोरू गाउँपालिकाको सोरूकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ज ००५९ नम्बरको सो जीप सोरू-६, कक्छेगाउँ नजिक रहेको चारमोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जनाइएको छ ।
दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रनाउ थापाका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेकी एक जना महिला छन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हीरादिङ नेपाली र प्रेम नेपाली रहेका उनले बताए ।
घाइते मन्जनेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेकोे जानकारी दिए ।
Post Views: 0