काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो ।
कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच तीनवटा टी-ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।
यसअघि आयरल्याण्ड ‘ए’ सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी-ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ल ाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।
Post Views: 0