विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् ।
नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए। उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।
अहिलेका सत्ता गठबन्धन दलहरूबीच राष्ट्रियसभा अध्यक्ष माओवादीले लिने सहमति थियो भने उपाध्यक्ष अन्य दललाई दिने सहमति थियो । माओवादीबाहेक अन्य दललाई राष्ट्रियसभा उपाध्यक्ष पद दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिनु परेको हो ।
सुरूमा उपाध्यक्ष नेकपा (एमाले) ले लिने दलहरूबीचको सहमतिपत्रमा उल्लेख भए पनि नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमा ल्याउँदा उक्त बुँदा हटाइएको थियो ।
Post Views: 0