मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, ‘सुधार भइरहेको छ’

मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, ‘सुधार भइरहेको छ’

 राष्ट्रिय डेली

विराटनगर । सर्वेक्षण तथा तथ्याङ्कहरूले देशको अर्थतन्त्र झनझन घाटामा गइरहेको तथा सङ्कट जारी रहेको देखाइरहँदा पनि सुधार भइरहेको सरकारको दाबी भने दोहोरिन छाडेको छैन । वैदशिक व्यापार घाटा बढिरहेको, आन्तरिक बजारमा आर्थिक मन्दी कायमै रहेको अवस्थामा पनि सरकार भने अर्थतन्त्रमा सुधार भइरहेको दाबी निरन्तर गरिरहेको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको दाबी दोहोर्‍याएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताए । उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको उल्लेख गर्दै निर्माण व्यवसायीको बक्यौता रकम तत्काल निकास गर्न सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीले सम्झौताबमोजिमको काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको भन्दै राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर रहेको बताए ।

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरको काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या गम्भीर रूपमा देखापरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

राज्यका रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने, बेथितिको दुष्चक्रबाट मुक्त हुने गरी काम गर्न आफूले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अब देशमा विकासको कामले गति लिने बताए ।

‘सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनपछि राज्यको दायित्वमा आउने आयोजनामध्ये स्रोत सुनिश्चितता नभएका आयोजना सहमतिका आधारमा अन्त्य गर्ने कुरामा सरकार सकारात्मक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘राज्यको संरचनागत कमजोरी र समयमै भुक्तानी दिन नसकेका कारण व्यवसायी अप्ठ्यारोमा परेकाले कतिपय आयोजनाको काम समयमै सम्पन्न हुन नसकेका समस्याको सम्बोधनका लागि सरकारले आवश्यक निर्णय लिनेछ ।’

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुन बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनलाई विकासमैत्री बनाउँदै लगिने बताए । ‘वन ऐनलगायत महत्त्वपूर्ण ऐन संशोधन गर्ने प्रक्रिया प्रारम्भ भएको छ,’ उनले भने, ‘यसले निर्माण उद्योगका लागि अत्यावश्यक नदीजन्य तथा खानीजन्य सामग्रीलाई सर्वसुलभ रूपमा उपलब्ध गराउन राम्रो वातावरण बन्नेछ ।’

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीको ६० अर्ब रूपैयाँभन्दा बढी भुक्तानी राज्यले दिनुपर्ने, देशविकासमा लागेका युवा निर्माण व्यवसायीलाई पलायन हुनबाट रोक्न खरिद नियमावलीमा संशोधन गर्नुपर्ने तथा टेन्डर हुनुअगावै मुआब्जा वितरणलगायत अन्य काम समयमै सम्पन्न गर्न माग गरे ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक तथा औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर परेको उल्लेख गर्दै निर्माण व्यवसायीलाई मर्कामा पार्न नहुने र देखिएका चुनौती छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बाताए ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सात प्रदेशसहित ७७ जिल्लाका एक हजार आठ सय निर्माण व्यवसायीको सहभागिता रहेको छ भने कार्यक्रम दुई दिनसम्म चल्नेछ । यसअघि प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीका क्षेत्रमा उलेख्य काम गरेबापत मकवानपुरका निर्माण व्यवसायी धु्रव कार्की र रोशन श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

७२ को विस्मयलाई यसरी सम्झियो गिरी फाउन्डेसनले

विराटनगर । नेपालमा गएको दोस्रो ठूलो महाभूकम्पको स्मरणमा विराटनगरस्थित गिरी फाउन्डेशनले श्रद्धाजञ्ली सभा आयोजना गरेको छ । २०७२ को भूकम्पीय विस्मयको स्मरणमा फाउन्डेशनले सो कार्यक्रम आयोजना गरेको हो । विराटनगरको देवकोटा चोकमा आयोजित कार्यक्रममा फाउन्डेशनका...

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...