विराट गोल्ड कप : रूपन्देहीलाई हराउँदै भारत क्वाटरफाइनलमा

विराट गोल्ड कप : रूपन्देहीलाई हराउँदै भारत क्वाटरफाइनलमा

 राष्ट्रिय डेली

विराटनगर, २८ चैत । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपेन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पञ्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


शुक्रबार भएको दोस्रो खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै पञ्जाब पुलिस क्वारटफाइनलमा प्रवेश गरेको हो ।
संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमको १÷१ गोलको बराबारी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।


टाईब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोसमा लागेर बाहिरियो ।


खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो हाफदेखि आक्रमक भएको रुपेन्देहीले खेलको ८० औं मिनेटमा शक्ति राईले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । लुईस भिदलले निकालिदिएको फ्रीकिक शक्तिले सदुपयोग गरेका थिए ।


दोस्रो हाफममा गोल भएपछि भारत दबाबमा परेको थियो । तर रुपन्देहीका लागि अग्रताको त्यो खुशी लामो समयसम्म टिक्न सकेन । खेलको अन्त्य तिरमा रुपन्देहीका खेलाडी समालिन नसक्दा ९० औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरि खेल बराबरीमा ल्याए । सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत चाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।


खेलको २२ औ मिनटमा भारतका सुशिल यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९औं मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार व्यवरहर्नु परेको थियो ।

भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा पनि नजिता टाइब्रेकरमा पर्खिनु परेको बताए । उनले दोस्रो खेलमा नयाँ रणनिती अपनाएर मैदानमा उत्रिने बताए । यता रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवसहरु खेर फाल्दा हार भएको बताए ।


शनिबारको खेल विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्बल पश्चिम बंगाल बिच प्रतिस्पर्धा हुनेछ । विराटनर ११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोलले हराएको थियो ।

adv-single
सम्बन्धित समाचार

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...