विराटनगर, ३१ चैत । कलालय इटहरीले एक महिने नाट्यकला कार्यशाला सञ्चालन गर्ने भएको छ । इटहरीमा रहेर लामो समय कला र नाट्य क्षेत्रमा सक्रिय रहेको कलालयले अभिनय, लेखन, स्पिच, कथा वाचन शैली, लाइटिङ, सेट डिजाइनिङ, म्युजिक कक्षा लगायतको कार्यशाला सञ्चालन गर्न लागेको हो ।
पूर्वको नाट्य र अभिनय क्षेत्रलाई थप अगाडी बढाउन र रङ्गमञ्चमा युवाहरूलाई सक्रिय बनाउन कार्यशाला गर्न लागिएको कलालय इटहरीले बताइएको छ । काठमाडौं भन्दा बाहिर रहेका मोफसका कलाकारलाई नाट्य क्षेत्रमा अगाडी बढ्न कार्यशालाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उद्देश्य अनुरुप कार्यशाला सञ्चालन गर्न लनगिएको प्रशिक्षक राजन श्रेष्ठले बताए ।
कार्यशालाको प्रशिक्षण सोनु जयन्ती, जीवन बराल, गुरुदेव कामत, सिजन पराजुली, प्रज्वल दाहाल, रोहित पौडेल र राजन श्रेष्ठले दिने छन् ।
कार्यशाला पछि दुई हप्ताको खोज अनुसन्धान समेत हुने र सहभागिलाई नाटक र छोटो फिल्ममा अवसर दिने कलालयले जनाएको छ ।
कार्यशालामा नाट्य क्षेत्रमा रुची भएका व्यक्तिलाई प्राथमिकता दिने बताइएको छ । बैशाख ५ गतेबाट कार्यशाला सञ्चालन हुने कार्यशालामा सहभागी हुनेले ५ हजार शुल्क बुझाउनु पर्नेछ ।