रामबाबु दाहालको कवितासङ्ग्रह मनका स्वरुहरूमाथि विमर्श

रामबाबु दाहालको कवितासङ्ग्रह मनका स्वरुहरूमाथि विमर्श

 राष्ट्रिय डेली

विराटनगर, ७ बैशाख । कवि रामबाबु दाहालद्वारा लिखित ‘मनका स्वरहरू’ नामक कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ ।

विराटनगरस्थित एलिट क्लबमा आयोजित कार्यक्रममा मनका स्वरहरू सङ्ग्रहभित्रका कविताहरूका विषयमा विमर्श गरिएको हो । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै कवि सीमा आभासले दाहालका कविताले काव्यिक चेत मुखरित गरेको समसामयिकता बोलेको र लुकेको कवित्व प्रकट भएको बताइन् ।

समीक्षक हरि कट्टेलले रचना शिल्पको सुन्दरता सटिकपनमा आएको बताउँदै उत्कृष्ट रचनाले पाठकको मन छुने बताए । कट्टेलले कृतिको प्राय सबै कविता मन छुने भएका विषयवस्तुमा विविधता रहेको बताए । कवितासङ्ग्रहबाट कवि मन्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, रोमा निरौला र शिवनारायण पंण्डितले कविता वाचन गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै धरानका कवि बम देवान, प्राज्ञ विवश पोखरेल, समालोचक दघिराज सुवेदीले कवि, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मालगायतले ढिलै गरी भए पनि आफ्नो चार दशकदेखिको लेखनयात्रालाई प्रमाणित गरेर नेपाली साहित्य भण्डार र साहित्यप्रेमीलाई न्याय गरेको बताए ।

कार्यक्रमका विशेष वक्ता प्रा. डा. टंकप्रसाद न्यौपानेले कविताका प्रकार साँच्चै उत्कृष्ट प्रकारको रहेको, बिम्व प्रतीकको उचित प्रयोग भएका भनि प्रशंसा गरे । कार्यक्रमकी प्रमुख अतिथि कवि एवं पूर्व सांसद कुन्ता शर्माले कविको कृतिमा लैङ्गिक सम्मान रहेको नारी अस्मिताको सम्मानजनक अभिव्यक्ति आफूले पाएकोमा सन्तोष व्यक्त गरिन् ।

प्रेम आशक्तिमा प्रायः नारी अस्मितालाई भोग्या पात्र बनाई साहित्यमा दुरुपयोग हुने गरेकोमा दाहालको कवितामा स्वभाविक र सन्तुलित तवरले उठान भएको उनको विचार थियो । कार्यक्रममा कवि रामबाबु दाहाललाई दाहाल प्रतिष्ठानका तर्फबाट सम्मान पनि गरिएको थियो ।

सम्बन्धित समाचार

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...

स्रोत नखुलेको ४७ लाख ४९ हजार नेपाली रुपैंया सहित एक महिला पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...

सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...

रविलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...

विराटनगरमा रोजगार मेला

विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...

पत्रकार महासंघ कोशी प्रदेस अध्यक्षमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...

रविमाथि सरकारले गर्यो अन्याय : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...