नेपाल कम्युनिष्ट पार्टी माओवादी बाट पथरिशनिश्चरे वडा नम्बर ५ को वडा अध्यक्षको दाबेदारीमा सर्बसहमतीको निर्णयबाट नगेन्द्र घिमिरे लाई चुनीएको छ ।
यति सानो उमेमा उनी वडा अध्यक्षमा उठेको बिषय धेरैलाई आश्चर्य लाग्न सक्दछ । २७ बर्षको उमेरमा नै उनले १२ बर्षको विद्यार्थी राजनीति अनुभव राखेको छन् ।
उनको पारिवारीक पुष्ठभूमीलाई हेर्दा उनी एक कृषकको छोरा हुन् । सानैदेखि खेती किसानी गर्न रुचाउने उनी स्कुलमा अध्ययन गर्दै आफ्नो राजनैतीक यात्रा शुरु गरेका थिए । अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्व भई अहिले उनी अखिल क्रान्तिकारी मोरङ जिल्ला अध्यक्ष पनि छन् ।
म्यानेजमेन्ट बिषयमा एम.बि.एस गरेका उनी सहकारीमा २ वर्ष शाखा प्रमुख भई काम गरेर ३ बर्ष विमा कम्पनीमा महीनाको ६० हजारको जागीर छोडेर उनी राजनीतिकमा लागेको बताउछन् । राजनीतिबाट नै छिटै देशले मुहार फेर्ने बताउने उनी राजनीतिलाई पेसा बनाउनाले देशको अवस्था नाजुक भएको र आफु यसको घोर विरोध गर्ने बताउँछन् ।
उनले उम्मेदवारी दिनुको उद्देश्य प्रशासनिक क्षेत्रमा काम गरेको अनुभव भएकोले असमान विकासको अन्त्य र सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य,कृषि लगायतको क्षेत्रमा सुधार गरी युवालाई उद्यममा जोडी बेरोजगारीको अन्त्य गर्ने उद्देश्य रहेको बताउँछन ।
Post Views: 3