विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले ६१ करोड भन्दा बढीको राजस्व असुली गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि फागनु २९ गतेसम्म ६१ करोड ९१ लाख ६ हजार १ सय १७ रूपैयाँ राजस्व असुली गरेको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताएका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा मालपोत कार्यालय विराटनगरले १ अर्ब २४ करोड राजस्व उठाएको थियो । आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व असुली गर्न नसकिएको उनले बताए ।
कित्ताकाटमा तरलताको संकट र अस्थीरताले लक्ष्य अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलन गर्न नसकिएको उनको भनाई छ ।
एक कार्यक्रममा बोल्दै कार्यालय प्रमुख भण्डारीले आफु आएपछि कार्यालयको भौतिक पूर्वाधार सुधार गरि सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रदान गरेको दाबी गरेका छन् ।
कार्यालय प्रमुख भण्डारीले चाँडै सेवाग्राहीहरूको सहजताको लागि मालपोतमा एकीकृत सेवा प्रणाली लागू गर्ने तयारी गरेको बताए ।
Post Views: 5