विराटनगर: स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ताको प्रक्रिया अबको ४ दिनमा सुरुहुनेछ । चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बालुवाटार स्थित प्रधानमन्त्री निवास मा पनि बैठक बस्दैछन् ।
उक्त्त बैठक ११ बजेबाट सुरु हुने बताइएको छ ।
मंगलबार महानगरको भागबण्डा मिलाएको गठबन्धनले बुधबार उपमहानगरपालिकाको टुङ्गो लगाउने बताइएको छ ।
पार्टीको स्थानीय स्तरमा देखिएको तीव्र असन्तुष्टिका बीच प्रधानमन्त्री देउवाले चितवनको भरतपुर र कास्कीको पोखरा महानगर क्रमशः माओवादी र नेकपा एकीकृत समावादीलाई दिने सहमति गर्नुभएको छ । तर, कांग्रेसका स्थानीय तहका नेता भने यथावत विरोध गरीरहेका छन् ।
उता देउवाले भने गठबन्धनको नेतृत्वकर्ता भएकाले नेपाली कांग्रेसले छाती फराकिलो बनाउनु पर्ने बताएका छन् ।
Post Views: 4