विराटनगर । रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि इजरायल पठाइ निर्माणको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई मंगलबार चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
Post Views: 0