विराटनगर । विराटनगर-९ मा अवस्थित विराट क्याम्पसले रंगेली-३ बाबु साहेब टोलमा भएको आगलागीबाट पीडित विद्यार्थीहरूलाई राहतस्वरूप आर्थिक सहयोग गरेको छ ।
सहयोगबापतको रकम पीडितलाई हस्तान्तरण गर्ने गरी नेपाल राष्ट्रिय शिक्षक संगठन, रंगेली नगर समितिका सहयोगी अभियन्ता तथा उक्त समितिका नगरसचिव हर्कबहादुर पौडेललाइ जिम्मा लगाइएको छ ।
क्याम्पसले समाजप्रतिको उत्तरदायित्व पनि वहन गर्नुपर्छ भन्ने सोचका साथ विपद्मा परेका विद्यार्थी तथा परिवारहरूलाई राहत आर्थिक सहयोग गरिएको क्याम्पसका सञ्चालक तथा सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए ।
यस्तो विपद्को अवस्थामा पाएको सहयोगले पीडितलाई ठूलो राहत मिल्ने नगरसचिव पौडेलले बताए ।
शनिवार दिउँसो विद्युतीय तारबाट फैलिएको आगोले बाबु साहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका ११८ जना विस्थापित भएका जनाइएको छ ।
Post Views: 0