विराटनगर । आठौं विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी, काठामाडौंले उचालेको छ । विराटनगरस्थित शहीद रंगशालामा शनिवार राति सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई अतिरिक्त समयमा २-० गोलले हराउँदै मच्छिन्द्रले इतिहास बनाएको हो ।
पहिलाेपलेट उपाधि चुमेकाे उसले नगद ११ लाख रूपैयाँ पायो । उपविजेतामा सीमित बनेको घरेलु टिम सांग्रिलाले ५ लाख ५० हजार रूपैयाँमा चित्त बुझायो ।
मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुफ थपलियाको गोल निर्णायक रह्यो । उनीहरूले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् ।
खेलको निर्धारित समय ९० मिनेटमा गोलरहित बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।अतिरिक्त समयमा सांग्रिलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरूङले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए ।
युसुफ थपलियाले प्रहार गरेको कर्नर सांग्रिलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल क्लियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरे टिमलाई २-० को अग्रता दिलाएका हुन् ।
मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुफ थपलियाले लामो दूरीबाट प्रहार गरेको बलले पोष्टको दिशा लिएको थियो ।
प्रतियोगिताका विजेता र उपविजेता टिम तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।
Post Views: 0