साताको साहित्य : तिर्थराज विश्वकर्माका तीन कविता

साताको साहित्य : तिर्थराज विश्वकर्माका तीन कविता

 राष्ट्रिय डेली

सुनसरी धरानका तिर्थराज विश्वकर्मा कविता लेखन क्षेत्रमा युवा कविका रुपमा उदाउदा छन् । महेन्द्र बहुमुखि क्याम्पस धरानमा अध्ययनरत विश्वकर्मा नाट्य क्षेत्रमा समेत आवद्ध रहेका छन् ।


विशेष गरि कविता लेखनमा रुचि राख्ने विश्वकर्मा कालकुट साहित्यिक मञ्च र युवा संजाल सकारात्मक परिवर्तनका लागि धरान नामक संस्थामा आवद्ध रहेका छन् ।

साहित्य क्षेत्रमा आवद्ध भएको छोटो समयमा आफ्ना शसक्त कविता मार्फत पाठकहरूको मन जित्न उनि सफल भएका छन् । विभिन्न कार्यक्रमहरूमा आफ्ना कविता प्रस्तुत गरिसकेका उनै विश्वकर्माका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।


……………….
जात थाहा छैन

छोरा त्यो रात
म अपवित्र भएको थिए
पवित्र घरमा छिर्न दिएनन् मलाई
पर……..गोठमा राखियो

अनि एकहुल मानिसहरु गोठमा आइपुगे
गनाउने शरीर र गनाउने मुख लिएर
मेरो शरीरसँग खेल्न थाले
मानौँ, मेरो शरीर कुनै पसलमा
राखिएको खेलौना हो

म रोएँ, चिच्याए, कराए
तर कसैले सुनेन्
त्यसपछि
मेरो आवाज मरिरह्यो
मेरो आशु झरिरह्यो
मेरो रगत बगिरह्यो

त्यसको फलस्वरूप तिमी
मेरो पेटमा फल्यौ र आज यहाँ छौ
तर साच्चै मलाई तिम्रो
जात थाहा छैन
…………………
म तिमिलाई प्रेम गर्छु

म तिमीलाई प्रेम गर्छु
भन्न मात्रै छोडेको हो मैले
तिमीलाई प्रेम गर्न छाडेको छुइन

विश्वास न लागे
यो भित्ताको कानहरुलाई सोध्नु
कसको नाम जपि
रहन्छ उसले भनेर

विश्वास न लागे
यो बाटोको छातीलाई सोध्नु
मेरो पाइतलाको डोब खोज्दै कहाँ सम्म पुग्छ उ भनेर

विश्वास न लागे
यो मेरो आखाहरुलाई सोध्नु
कसको यादमा आँशु त
झार्दै छस् भनेर

विश्वास न लागे
यो मेरो हातहरूलाई सोध्नु
कसको लागि यि प्रेमिल कविताहरू त लेख्दै छस् भनेर

विश्वास न लागे
यो मेरो मुटुलाई सोध्नु
किन र कसको लागि त
धड्कदै छस् भनेर

जुन दिन तिमीले मलाई छाडेर गयौ
त्यही दिन देखि हो तिमीलाई प्रेम गर्छु
भन्न छाडेको

तर
तिमीलाई प्रेम गर्न अझै
पनि छाडेको छुइन
यो कुरा तिमीलाई थाहा नहुन सक्छ
तिमी गए पछि झन धेरै तिमीलाई प्रेम गर्न थालेको छु
…………………
कमरेडलाई प्रश्न

कमरेड साँच्चै तपाईँले
धरहराको टुप्पोबाट के के देख्नुभयो ?
मलाई बताइ दिनुहोस्
म कविता लेख्न लागिरहेको छु !

भोकले बिहानै अस्ताएको
सुर्य बहादुरहरू देख्नुभयो ?

घामसँगै आफ्नो
पहिचान र अस्तित्व खोज्दै आएको बिकेनहरूलाई देख्नुभयो ?

एसिडले समाप्त पार्न खोजिएको सम्झनाहरूको सपनाहरू देख्नुभयो ?

तपाईंलाई यो पनि मन पर्न सक्छ
न्यायको लागि जोडजोडले
चिच्याउँदै गरेको निर्मलाहरूको आत्माहरू देख्नुभयो ?

जातकै कारणले मारिएर
फालिएका नवराजहरू देख्नुभयो ?

देशको ढुकुटीको पैसा
रक्सी र सुकुटीमा सक्ने
कमरेडहरू देख्नुभयो ?

गुलियो उखुहरू फलाउनेहरूको
आँखामा नुनिलो आँसुहरू देख्नुभयो ?

देश मुटु भित्र राखेर
मुटु देश भित्र राखेर
युवाहरू परदेश गएको देख्नुभयो ?

बेलाबेला देशको सिमानाको किल्ला
उताबाट यतायता सरेको देख्नुभयो ?

कमरेड साँच्चै तपाईँले
धरहराको टुप्पोबाट के के देख्नुभयो ?
मलाई बताइ दिनुहोस्
म कविता लेख्न लागिरहेको छु ।

adv-single
सम्बन्धित समाचार

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित गे्रडड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वयमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...