विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा बुधबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको अर्जुनधारा नगरपालिका ७ का ४२ वर्षीय जीवन दाहाल रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३–००१ ख ७४०२ नम्बरको टिपरले दिउँसो ४ः४० बजेतिर ठक्कर दिएको थियो ।
टिपर चालक ग्रामथान १ का २८ वर्षीय सुरज माझीलाई नियन्त्रणमा लिइएको छ । टिपर चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1