विराटनगर, १६ असार । अक्षरहरूको आवाज स्रस्टा भेटघाट तथा सिर्जना वाचन डबलीको ३२ औँ श्रृङ्खलामा गायन प्रस्तुत हुने भएको छ ।
३२ आंै श्रृङ्खलामा गायक हेमन्त रिजाल, बाल प्रतिभा रियाज रिजाल र सङ्गीत प्रशिक्षक कमला खनाल रिजाल प्रस्तुत हुने छन् । कार्यक्रम हरेक हप्ताको बुधबार नेपाली समय अनुसार साँझ ८ बजेबाट सुरु हुँदै आइरहेको छ ।
स्रस्टा भेटघाट तथा सिर्जना वाचन डबली युएईले स्रस्टाहरूलाई साहित्य क्षेत्रमा जोड्न सिर्जना वाचन डबली सञ्चालन गर्दै आइरहेको छ ।
श्री भवानी नेपालको संयोजनमा सञ्चालनहुने कार्यक्रम सिर्जना वाचन डबलि युएइको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
Post Views: 90