अजय मण्डल
सुनसरी । सुनसरीको बर्जु गाउँपालीकामा स्थानियहरुले सडकमा जथाभावी सुकाउने गरेका कृषिजन्य अन्नबलीहरु आज गाउँपालीकाकी उपाध्यक्ष नितु चौधरीको नेतृत्वको टोलीले खाली गराएको छ । स्थानियहरुले जथाभावी सडकमा मकै, गहुँ लगायतका कृषिजन्य अन्नबाली सुकाउँदा सडक दुर्घटनाका साथै यात्री तथा सवारी चालकहरुलाई समस्या भएका कारण उपाध्यक्षको टोलीले सडक खाली गराएको हो ।
पटक पटक स्थानियहरुलाई भन्दा समेत सडकमा अन्नबाली सुकाउन नरोक्किए पछी प्रहरीको सहयोगमा सडक खाली गरिएको उपाध्यक्ष चौधरीले बताइन् । सडकमा अन्नबाली सुकाउँदा सडकमा आवत जावतमा समस्या भएपछी सडक खाली गराएको र फेरी राखीएको भेटिएमा कार्वाहि गर्ने चौधरीले बताईन् ।
सुनसरीको देवानगंज, बर्जु , हरीनगर लगायतका गाउँपालीकाहरुमा स्थानियहरुले जथाभावी अन्नबाली सुकाउँदै आइरहेका छन् । सडकमा जथाभावी कृषिजन्य बालीहरु सुकाउँदा सडक दुर्धटनाका साथै यात्रीहरुलाइ समस्या हुने गरेको छ ।
Post Views: 0