विराटनगर । विराटनगर । जेसीजको आयोजनामा विद्यालय स्तरिय एक दिने नाटक प्रतियोगिता विराटनगरको आरोहण गुरुकुलमा सम्पन्न भएको छ । नाटक प्रतियोगितामा प्रथम हुँदै जेसि बाल सदनले रु १०००० द्वितीय हुँदै बुढानिलकण्ठ स्कुलले रु ७५०० र तृतीय हुँदै एभरेस्ट स्कुलले नगद रु ५००० नगद तथा प्रमाण पत्र र शिल्ड प्राप्त गरेको गरेका थिए ।
प्रतियोगिताले नयाँ पुस्तालाई वातावरण संरक्षणमा जोड्नका लागि सहयोग पुर्र्याएको कार्यक्रमकी प्रमुख अतिथी विराटनगर महानगरपालिकाकि उपमेयर शिल्पा निराला कार्की बताइन । विराटनगरका विद्यालयहरु सहभागी भएको र बिद्यार्थीलाई वातावरण संरक्षण प्रति सचेत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए ।
कार्यक्रममा सहभागी हरुलाई एक एक बिरुवा उपलब्ध गराइएको र उक्त कार्यका लागि दिगो बिकास संस्था संग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको र करिब ५०० जना लाई बिरुवा उपलब्ध गराइएको शृजन रेग्मिले जानकारी दिए ।
उक्त कार्यक्रमको निर्णायकमा बिराटनगर जेसीज पुर्व अध्यक्ष क्लबका अध्यक्ष देबेश प्रधान , बाताबरण बिद शाहिल श्रेष्ठ र कलाकार सुनिता घिमिरे रहेका थिए ।
Post Views: 1