विराटनगर । विश्व वातावरण दिवसको अवसरमा जेसी बाल सदन माध्यमिक विद्यालय विराटनगर १३ ले स्वच्छ वातावरण अभियान वार्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । वातावरण दिवसलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा १२५ ओटा औषधिजन्य बिरुवाहरू वृक्षारोपणका साथै स्थानीय समुदायमा १०० ओटा बिरुवा एक घर एक विरुवाको दरले वितरण गरेको छ ।
विद्यार्थीहरुले वातावरणको महत्व र आवश्यकता सम्बन्धी धारणा प्रस्तुत गरेका थिए । साथै विद्यालयका प्र.अ तुलसी प्रसाद दुलालले स्वच्छ वातावरण अभियान एक वर्ष सम्म विभिन्न वातावरण सम्बन्धी कार्यक्रम आयोजना गरी सञ्चालन गरिरहने जानकारी दिए । कार्यक्रमका प्रमुख अथिति वरिष्ठ प्रहरी उपरीक्षक राजन अधिकारी रहेका थिए त्यस्तै कार्यक्रममा विद्यार्थी, शिक्षक र प्रहरी गरी १२४ जनाको उपस्थिति रहेको थियो ।
Post Views: 2