विराटनगर । विराटनगर १४ मा अवस्थित एस्पायर कलेजले असार १५ को अवसरमा बृक्षारोपण गरेको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजले बृक्षारोपण गरि असार १५ मनाएको हो ।
असार १५ का अवसरमा बृक्षारोपण गर्नुको उदेश्य बारे प्रष्ट पार्दै कलेजका प्रमुख चिन्तामणी बस्नेतले पहिलो ब्याचका बिद्यार्थी रहेका , उनिहरुको चिनारी अनन्तकाल सम्म रहोस , बाताबरण सरक्षणका लागि समेत सघाउ पुग्ने र कलेजको बाताबरण समेत हराभरा रहने कारणले बृक्षारोपण गरिएको बताएका छन् । बिद्यार्थीहरुले रोपेका बिरुवामा विद्यार्थीहरुले आफ्नै नाम दिएर संरक्षणका लागि समेत लाग्ने गरि बृक्षारोपण गरेका थिए ।
कलेजले विभिन्न अवसरमा शिक्षण कार्य सँगै अतिरिक्त कृयाकलापमा समेत विशेष ध्यान दिएर नयाँ पन दिदै विभिन्न कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुको ज्ञानको दायरा फराकिलो पार्ने कार्यमा अग्रसर रहँदै आएको छ ।
काठमाडौ बिश्वबिधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बि. टेक एड र आइ टिका कक्षाहरु संचालनमा छन ।
Post Views: 24