काठमाडौं, १३ साउन । कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई सुझाव दिएको छ ।
कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो ।
समिति सभापति जयपुरी घर्तीले विद्यार्थीलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिले सुझाव दिएको बताईन् ।
समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ ।