विराटनगर । इटहरी उपमहानगरपालिका १२ चौकी मोडस्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा भारत बिहार घर भइ हाल इटहरी १२ स्थित रिलायन्स फ्याक्ट्रीमा काम गर्ने ५० वर्षीय लालुप्रसाद विश्वास रहेका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक काठमाण्डौँ नागर्जुन नगरपालिका ८ बस्ने २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार संखुवासभा शभापोखरी गाँउपालिका ६ बस्ने २५ वर्षीया शिखा लिम्बू घाइते भएका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1