नेपालले युएइलाई हरायो

नेपालले युएइलाई हरायो

 राष्ट्रिय डेली

 विराटनगर । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स युएईको ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ ।
श्रीलङ्काको कोलोम्बोस्थित पि सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउदँै पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रनको योगदान दिएका हुन् ।
त्यसैगरी देव खनाल र सन्दिप जोराले समान २४÷२४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे ।
बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए ।
त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए । यसखेलसँगै नेपाल र युएइको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

adv-single
सम्बन्धित समाचार

यस्तो रहनेछ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश...

प्रहरी शासक होइन सेवक हो : डीआईजी खापुङ

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले प्रहरी शासक नभई सेवक भएको बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय, मोरङको निरीक्षण भ्रमणपछि जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत कर्मचारीहरूलाई निर्देशन...

चोरले एक तोला सुन निलेपछि ...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६...

जोगवनी नाका तीन दिन बन्द

विराटनगर । मोरङ जिल्लास्थित नेपाल-भारत सीमानाका जोगवनी तीन दिनका लागि बन्द गरिएको छ । छिमेकी राष्ट्र भारतमा हुने लोकसभा चुनावको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार आइतबारदेखि मंगलबारसम्मका लागि नाका बन्द गरिएको...

नेपाल आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल...

विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' हुँदै, पूर्ण राई र दाजुभाइकाे लाइभ प्रस्तुति

विराटनगर । विराटनगरमा 'टुबोर्ग म्युजिकल नाइट' आयोजना हुने भएको छ । लोकप्रिय बियर ब्राण्ड टुबोर्गको प्रस्तुतिमा यही वैशाख २९ गते सांगीतिक साँझ हुने भएको हो । कार्यक्रमको संयोजन भाइरल इभेन्ट र मन्जिना मुभिज क्रियशनले गर्दैछन्...

एमाले भोजपुरको अध्यक्षमा खड्का

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् । पार्टी उपाध्यक्षमा किरण राई,...

विहारको लोकसभा चुनावमा नेपाल-भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ ।...

बाजुराको खापरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३, जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरू भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको...

वनमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो...

आज कोशीसहित यी चार प्रदेशमा पर्नसक्छ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका...

आज नेपाल आउँदै जापानकी विदेशमन्त्री, यस्तो छ भ्रमण कार्यसूची

काठमाडौँ । जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...