विराटनगर । काठमाण्डौबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिए पछि सडकमा दुर्धन्ध फैलिएको छ । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।
काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँ ठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।
काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताएका छन् । सहमति पछि पनि फोहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उनको भनाइ छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको उनले जानकारी दिए ।
महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फोहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको भनाइ छ ।
Post Views: 2