कोभिड अस्पताललाई खोटाङ सेवा समाज युकेद्धारा स्वास्थ्य सामग्री प्रदान

कोभिड अस्पताललाई खोटाङ सेवा समाज युकेद्धारा स्वास्थ्य सामग्री प्रदान

 राष्ट्रिय डेली

खोटाङ, १९ साउन । खोटाङ सेवा समाज युकेद्धारा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमितिको संस्थागत सक्रियतामा संचालन गरिरएको “अक्सिजन पठाउ आफन्तको ज्यान वचाउ” अभियानले पहिलो चरणमा थरमल गन, कन्सनट्रेटर छी मेसिन, पल्सअक्सी मिटर, इन्ट्यूवेसन सेट, अक्सिजन माक्स्, सक्सन ट्यूव, गाइड्लर एरवेज, थ्रिवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेवल एक्सरे मेसिन, प्यासेन मनिटर,स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीट जम्मा चौविस लाख साठीहजार दुईसय रकमको स्वास्थ्य सामग्री खोटाङ जिल्लाभरिका जनताका लागि हस्तान्तरण गरिएको हो ।

पहिलो चरणको स्वास्थ सामाग्रीहरु भने खोटाङ जिल्लाका दसवटै पालिकाहरुका स्वास्थ प्रमुख र जनप्रतिनिधिहरूको रहोबरमा हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष डा. कोयीले जिल्लाभरिका कोभिडका गम्भिर विरामीहरू कोभिड जिल्ला अस्पताल खोटाङमा नै उपचार गर्न आउनु पर्ने हुन्छ र सबै कोभिडका बिमारीहरुले संस्थाद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्री सही ढंगले उपयोग गर्न अवसर मिलोस् भन्ने उद्देश्यका साथ संस्थाको निर्णय बमोजिम दोस्रो चरणको स्वास्थ सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको कुरो जानकारी दिए ।

खोटाङ सेवा समाज युके संस्था खोटाङ जिल्ला भरिका जनताहरूका समस्या र पीडामा मलम बनेर सेवा पुराउने उद्देश्यले स्थापना गरिएको विशुद्द सामाजिक संस्था हो । संस्था एउटा संवाहक मात्रै हो । बच्चादेखि बृद्धअवस्थाका वेलायतवासी खोटाङे नगरिकहरूले आफ्नो गाँस काटेर हृदयले गरिएको यो सेवा समर्पण हो । यो सद्भावलाई सम्मानसाथ सम्वन्धित निकायले जिल्लाभरिका जनताको पीडा कम गर्न सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा गर्दै जिल्ला प्रमुख अधिकारी शर्मा, जिल्ला स्वास्थ्य प्रमुख डा.सिग्देल र जिल्लाका डा. वैभव मलिक समक्ष संस्थाका अध्यक्ष डा. कोयी, सल्लाहकार निवर्तमान अध्यक्ष रत्न राई, उपाध्यक्ष भाग्यवती राई, उपाध्यक्ष प्रसाद राई लगायतले भावुक हुँदै मन्तव्यको क्रममा अनुरोध गरेका थिए ।

संस्थाका महासचिव भोलाविक्रम राईद्धारा संचालन गरिएको उक्त भर्चुवल कार्यक्रममा अध्यक्ष डा. कोयीले वेलायतवासी सम्पूर्ण दाताहरुलाई खुलेरै प्रशंसा र धन्यवाद व्याक्त गर्दै भविस्यमा पनि जिल्लावासीहरुका लागि मनैले सेवा पुराउने प्रतिवद्धता पनि जाहेर गरेका थिए । र कोभिड पूर्णरूपमा अन्त भए पछि बाँकी रहेको स्वास्थ सामग्रीहरु पालिकाकाहरूलाई उपलब्ध गराउनु पर्छ भन्ने खोटाङ जिल्ला प्रमुख अधिकारी मित्रलाल शर्मासमक्ष अनुरोध गरेका थिए र जिल्ला प्रमुख शर्माले पनि संस्था र अध्यक्षको अनुरोधलाई सम्मान साथ पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

adv-single
सम्बन्धित समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

  विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...

हेटौँडामा लडेर एक युवकको मृत्यु

    विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...