मनाङ, २० साउन । हिमाली जिल्ला मनाङ १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । १८ वर्षमाथिका सबै नागरिकलाई खोपको दुबै मात्रा लगाएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख बद्रि आचार्यले जानकारी दिए ।
उनका अनुसार जिल्लाका चार हजार एक सय ९८ जनालाई कोरोना खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए ।
मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार दुई सय रहेको बताएको थियो ।
अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउनेको सङ्ख्या चार हजार एक सय ९८ रहेको आचार्यले बताए ।