शिव प्रसाद लुईटेल
उदयपुर २१ साउन । बराह अस्पताल रामपुरले साउन २२ र २३ गते रामपुर बजारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । बेलका नगरपालिका वडा नः ९ रामपुर बजारमा बैसाख १८ गतेबाट संचालनमा आएको बराह अस्पतालले जन समुदायलाई स्वास्थ्य सहज गराउनका लागि स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।
सिविरमा सिनियर मेडिकल अफिसर डा. सागर भगत, डा. प्रीयन्का पाण्डे र डा. शेखर यादवले शिविरमा स्वास्थ्य जाँच गर्ने छन् । । स्वास्थ्य शिविरमा नाक, कान,घाँटी, बाल रोग, प्रसुती रोग,नशा रोग, हड्डी खिइएको लगाएतको निःशुल्क उपचार गरिने भएको छ ।
स्थानियस्तरमा जनताहरुलाई स्वास्थ्य सुविधा प्रदान गर्नका लागि स्वास्थ्य शिविर संचालन गरिएको बराह अस्पतालका संचालक डा.सन्तोष माझीले बताए ।
Post Views: 8