शिव प्रसाद लुईटेल
उदयपुर, २३ साउन । बेलकामा ट्राफिक प्रहरी पोस्ट रामपुर, बराह हस्पिटल र बेलका स्वतन्त्र युवा समाजको संयुक्त आयोजनामा ‘कोभिड विरुद्ध तपाईँको मास्क खोइ ?’ अभियान संचालन भएको छ । भाइरल ज्वरो र कोरोना संक्रमित बढ्नथालेसँगै उक्त अभियान संचालन गरिएको हो ।
उक्त कार्यक्रममा कोभिड विरुद्ध तपाईँको मास्क खै ? लापरबाही गर्नु संक्रमण निम्त्याउनु हो, आफू सुरक्षित रहेमा मात्र परिवार सुरक्षित रहन्छ, भौतिक दुरी कायम गरौँ, सिट क्षमता भन्दा बढी यात्रुहरू राखेर सवारी नचलाऔँ, अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगरौँ लगायत का प्ले कार्ड सहित संयुक्त रूपमा अभियान संचालन गरिएको बेलका स्वतन्त्र युवा समाजका युवाहरूले बताए ।
सामान्य लापरबाहीले पनि कोरोना महामारी फैलिन सक्ने भन्दै सचेत बनाउन अभियान सुरु गरिएको उनिहरूले बताए । उनिहरूले कोरोनाबाट सुरक्षित रहने उपाय सिकाउँदै सेनिटाइजर हातमा लगाईदिएर निःशुल्क मास्क बितरण गरेका थिए ।
बेलका स्वतन्त्र युवा समाजले विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।