प्रदेश १ मा सोमबार ६९२ जनामा कोरोना संक्रमण

प्रदेश १ मा सोमबार ६९२ जनामा कोरोना संक्रमण

 राष्ट्रिय डेली

विराटनगर, ३२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बार्हदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १–१, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा २१ ज्नाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

ईडेनवर्ग कलेजका विद्यार्थीले ल्याए ८३ प्रतिशत नतिजा सहित ६ जनाले डिस्टिङ्सन

  विराटनगर । विराटनगरको ईडेनवर्ग कलेजमा अध्ययनरत विद्यार्थी शत्रुधन यादवले ८३ प्रतिशत नतिजा ल्याएका छन् । त्रिभुवन विश्वविद्यालयले लिएको विविएस अन्तिम बर्षको परिक्षामा यादवले ८३ प्रतिशत नतिजा ल्याएको कलेजले बताएको छ । त्यसैगरी कलेजमा अध्ययनरत...

सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

  विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ४ चैता स्थितमा ३५ बर्षीया रेखादेवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत...

शेयर बजारमा गिरावट

विराटनगर । आज सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर...

एमालेलाई एक लाख जरिवाना तिराउन महानगरले काटेको पत्र खारेज गर्न माग

विराटनगर । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई फोहोर गरेको भन्दै एक लाख जरिवाना पत्र काटेको विषय बैठकमा प्रवेश भएको छ। हिजो ९आइतबार० काठमाडौं महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकमा महानगरपालिका वडा(२१ वडाअध्यक्ष उदयचूडामणि बज्राचार्यले नियोजित ढंगले उक्त...

महानगरको अनलाइनमा छापिएको समाचार मात्रै आधिकारिक हुने : बालेन

विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्। हिजो (आइतबार) काठमाडौं महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकमा उनले महानगरपालिकाको बाहेक अन्य सञ्चार माध्यमले लेखेको समाचारमा खास...

दक्षिण कोरियाका राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव विफल

  विराटनगर । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

विराटनगर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा...

कालोझण्डा देखाउन छाडेर पर्यटन विकासमा लाग्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट विकास सम्वृद्धि...

 प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका...

स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चार वटा पदमार्ग निर्माण गरिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र समृद्धिका लागि पर्यटन नै मूल आधार भएको बताएका छन् । आज (आइतबार) विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको...

रवि लामिछानेलाई थप चार दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो। आइतबार कास्की...

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशत

  विराटनगर । अमेरिकामा बेरोजगारी दर ४।२ प्रतिशतले वृद्धि भएको छ। नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो। विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो बीएलएस अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको...