विराटनगर । एल.पि.ग्यास बिक्रेता संघ मोरङले साताव्यापी माक्स बितरण अभियान सुरु गरेको छ । ‘आफु पनि बचौँ, अरूलाई पनि बचाउ’ भन्ने उद्देश्यका साथ मास्क वितरण अभियान संचालन गरेको संघले जनाएको छ । अभियान अन्र्तगत बुधबार हरि इन्जिनियरिङ वकर्स प्रा.लि. र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहभागितामा रोडशेष चोकमा हजार पिस माक्स बितरण गरिएको संघले जनाएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख चन्द्रबहादुर खड्का, सई बिनोद कुमार तिम्सिना, एल.पि.ग्यास बिक्रेता संघ मोरङ अध्यक्ष गणेश कुमार साह, उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचीव सुधीर यादव, सल्लाहकार बिकास लालवानी, सन्तोष रौनियार, प्रदेश महासचिव सुर्यमान बज्राचार्य, शिव नारायण गुप्ता, किशोर माली, नेपाल सोनार समाज सेवा समिति मोरङ अध्यक्ष महेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।
भोली बिहिबार बिहान ८ बजे दुर्गा चोकमा मास्क वितरण साथै जनचेतना मुलक रहेको एल.पि.ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष साहले जानकारी दिए ।
Post Views: 54