इटहरी । गणित शिक्षा परिषद् नेपालको प्रदेश नम्बर १ को प्रदेश सम्मेलन यहि भाद्र ३ गते शुक्रबार इटहरीको कस्तुरी कलेजमा हुने भएको छ।
गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा। हिरा बहादुर महर्जनको प्रमुख आतिथ्यमा हुने उक्त सम्मेलनमा नेपा खुला विश्वविद्यालयका निबर्तमान उपकुलपति तथा गणित शिक्षा परिषद्का केन्द्रीय सह अध्यक्ष डा. लेखनाथ शर्माको पनि उपस्थित रहने छ।
प्रदेश नम्बर १ का १४ जिल्लाका गणित शिक्षकहरुको उपस्थिति रहने उक्त सम्मेलनमा गणित शिक्षा परिषद्का केन्द्रीय उपाध्यक्ष तथा पाठ्यक्रम विकास केन्द्रका गणित विषयका लेखक रमेश कुमार अबस्थी बाट कक्षा ९ को परिवर्तित पाठ्यक्रम, मुल्यांकन र प्रश्नपत्र निर्माणको बारेमा प्रशिक्षण दिनुहुने छ।
गणित शिक्षा परिषद्का प्रदेश नम्बर १ का कार्य समिति सदस्य जनक ढकालका अनुसार उक्त सम्मेलनले प्रदेश नम्बर १ को नयाँ कार्यसमिति निर्वाचित गर्ने छ।
Post Views: 5