विराटनगर / ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ ले वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयल सम्मानित भएका छन् । समाजसेवामा सक्रिय गोयललाई वडा कार्यसमितिले शुक्रबार एक समारोहका बीच सम्मान गरेको हो ।
गोयलले ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणका लागि सहयोग गरेका थिए । गोयलले प्रदेश–१ मै समाजसेवाका क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । गोयललाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले सम्मान गरे ।
त्यसैगरी सोही अवसरमा जग्गा खरिद र भवन निर्माणका लागि १ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने शारदा कार्की थापा, कमल ढुंगाना, सम्झना नेपाल, भरत कार्की, सरला चापागाईं, श्रीनिवास सारडा, मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र पूर्वमेयर भीम पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।
Post Views: 5