बढीमा फसेका दुई महिलाको सकुशल उद्धार

बढीमा फसेका दुई महिलाको सकुशल उद्धार

 राष्ट्रिय डेली

 

विराटनगर । स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो । चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए ।

नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति डोरीको सहायताले उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताए ।

“भैँसी चराउन गएका महिला घर नफर्केको खबर प्राप्त भएपछि खोजी सुरु गर्यौँ”, उनले, “नदीपारि थुनिएको जानकारी प्राप्त भएपछि राति अबेर उद्धारको प्रयास गर्यौँ, नदीमा पानीको बहाव उच्च भए पनि सकुशल उद्धार गर्न सफल भयौँ ।”

adv-single
सम्बन्धित समाचार

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...

१ करोडको अक्षयकोष स्थापना गर्ने प्रेस युनियन कोशी प्रदेशको निर्णय

  विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरूको हितका...

सफाइसँगै सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका...

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

सन्तानलाई दुर्व्यसनबाट जोगाउन आमालाई सचेतना दिँदै रामपुर प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरले युवायुवतीहरूलाई दुर्व्यसनबाट जोगाउन 'दुर्व्यसनविरूद्ध आमाहरू' नामक जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्ना सन्तानलाई दुर्व्यसनबाट जोगाउन प्रहरीले समुदायस्तरमा कार्यक्रम गरेर आमाहरूलाई सचेतना दिएको हो । सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत...

बूढीगंगामा मूर्ति चोर्दाचोर्दै पक्राउ परे युवक

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३, गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मन्दिरमा राखिएको मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गरेको आरोपमा स्थानीय २२ वर्षीय आशिष...

झापामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-३ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार अपराह्न ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित...

गिरी फाउण्डेशनद्वारा शैक्षिक र खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरस्थित गिरी फाउण्डेशनले कटहरी गाउँपालिका ४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउण्डेशनले श्री आधारभूत विद्यालयलाई ६० हजार रकम बराबरको शैक्षिक र खेलकुद सामग्री वितरण गरेको हो...

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक...

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान,...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

  विराटनगर । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स...

कान्तिपुर इन्स्टिच्युटले दियो विद्यार्थीहरूलाई एकदिने अभिमुखीकरण

विराटनगर । विराटनगर-२ स्थित कान्तिपुर इन्स्टिच्युटले एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । विगत आठ वर्षदेखि शैक्षिक क्षेत्रमा योगदान दिइरहेको कान्तिपुर इन्स्टिच्युटले विराटनगर एवं रंगेलीका विद्यार्थीहरूलाई सहभागी गराई अभिमुखीकरण सम्पन्न गरेको हो । मेडिकल एवं इन्जिनियरिङ...