सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव

 राष्ट्रिय डेली

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा तरकारी अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । सडक नियमित रुपमा पहिरोका कारण सुचारु हुन नसक्दा पहाडी जिल्ला बैतडी, डडेल्धुरा र डोटीबाट यहाँ आउने तरकारी आयात समेत प्रभावित बनेको छ ।

तरकारी उत्पादन गरी बिक्री वितरण गर्ने बेला सडक अवरुद्ध भएपछि किसान मर्कामा परेका छन् भने तराईका कैलाली र कञ्चनपुरका सदरमुकाम र आसपासका क्षेत्रका उपभोक्ताले पहाडको तरकारी सहज रुपमा पाउनसक्ने वातावरण तयार हुनसकेको छैन् । महेन्द्रनगरस्थित कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले अहिले पहाडी जिल्लाबाट विगतको तुलानामा आधा जति मात्रै तरकारी आयात भइरहेको जानकारी दिएका छन ।
“ सडक अवरुद्ध हुनुअघि दैनिक ४० देखि ५० क्विन्टल तरकारी पहाडबाट आउथ्यो ।” अध्यक्ष साटेनारले बताए–“ अहिले सडक अवरुद्ध भएको ठाउँमा मजदुरी लगाएर ढुवानी गराउनुपर्ने र आयात पनि कम हुँदा बजारमा तरकारीको मूल्य वृद्धि हुनपुग्यो ।”उनका अनुसार महेन्द्रनगरमा विगत लामो समयदेखि डडेल्धुराको विभिन्न पालिका, डोटीको गैरा, बैतडीको खोड्पे लगायतका स्थानबाट यहाँ तरकारी आयात हुन्थ्यो ।

“सुदूरपश्चिमको पहाडी जिल्लाको तरकारी नेपालगञ्ज बुटवलसम्म पनि निर्यात हुन्छ ।” उनले बताए–“ यहाँ लगातारको वर्षाका कारण स्थानीय किसानले लगाएको तरकारीबालीमा समेत क्षति पुगेको छ ।”केही समयअघि कैलालीको बुढितोला क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक अस्थायी रुपमा आवागमनका लागि सहजता मिल्ने गरी निर्माण गरिएको छ ।

तर अझै सो क्षेत्रमा साना सवारीसाधन फस्ने लगायतका समस्या भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुपरभाइजर दिनेश खनालले जानकारी दिएका छन ।“ ठूला सवारीसाधन चल्न समस्या छैन् ।” सडक निर्माणमा खटिएका खनालले बताए–“ पहिरो गएको ठाउँमा तारजाली भरान गरेर अस्थायी रुपमा बाटो सञ्चालनमा ल्याएका छौँ ।”

त्यसका साथै त्यसको विकल्पका रुपमा कञ्चनपुरको दैजी–जोगबुढा सडक सुचारु गर्न पनि काम अघि बढेको छ । यो मौसममा पहाडी जिल्लाबाट काउली, मुला, धनिया, खुर्सानी, गोलभेडा आलु, बन्दा, निउरो, सिमी र हरियो साग लगायतको तरकारी तराईमा निर्यात हुन्छ ।
कञ्चनपुरमा अहिले स्थानीय उत्पादन र भारतबाट तरकारी आयात गरिँदै छ ।

“ वर्षाले स्थानीय उत्पादनमा पनि ह्रास आउने अवस्था आयो ।” उनले बताए–“ उत्पादन कम हुँदा मूल्य वृद्धि हुने गर्छ ।”त्यसैगरी फलफुल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष हरि भट्टले पहाडी जिल्लाबाट तरकारी आयातमा कमी आउँदा बजारमा तरकारीको अभाव रहेको बताए ।“पहाडबाट दैनिक ५० क्विन्टल भन्दा बढी तरकारी आयात हुन्थ्यो ।” उनले भने “सडक अवरुद्ध भएका बेला किसानको तरकारी बाटोमै कुहिने स्थिति पनि यो पाली आयो ।”
उनले सडककै कारण तरकारी समेत कुहिने, दागी हुने समस्या भइरहेको बताए । यहाँ स्थानीय उत्पादनले बजारमा तरकारी पाइरहेको बताउँदै पहाडबाट तरकारी नियमित नआउँदा भारतबाट गोलभेडा लगायतको तरकारी आयात गर्नुपरेको बताए । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का वडाध्यक्ष बसन्तबहादुर चटौतले किसानको तरकारी सडकअवरुद्ध हुँदा नोक्सान भएको बताए। “मेरो वडामा मात्रै ५० प्रतिशत किसान तरकारी उत्पादनमा छन् ।” उनले बताए –“ सिजनमा यहाँ फलेको गोलभेडा भारतको बरेलीसम्म पुग्छ ।”

उनले पछिल्लो समय फाटफुट रुपमा तरकारी निर्यात भइरहेको भए पनि साउनको अन्तिम साता भने किसान धेरै मर्कामा परेको बताए।

adv-single
सम्बन्धित समाचार

लगानी नउठ्दा व्यापारिक घराना डुब्दै

विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...