प्रतिनिधिसभा बैठक बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा बैठक बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

 राष्ट्रिय डेली

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन ।
उनीहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हृन ।
बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका हुन। यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गरेका छन ।
सांसद डोलप्रसाद अर्यालले हालै सरकारले श्रमिकको न्यूनतम पारश्रमिक बढाएको बारेमा केही औद्योगिक व्यवसायीले बढेको सो पारिश्रमिक दिन नसकिने भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गरेका छन ।
सांसद तेजुलाल चौधरी टीकापुर घटनाको लामो समय भए पनि सो घटनाका केही निर्दोष व्यक्ति अझै पनि लुकेर बस्नु परेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन । सांसद दामोदर भण्डारीले बाढी पहिरोले बाटाहरु अवरुद्ध भएको, लम्की स्किनको प्रकोप भयावह फैलिएको, वन्यजन्तुले बालीनाली सखाप गरेकोलगायत सवालामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन ।
सांसद दिपा शर्माले शिक्षा क्षेत्रमा विभिन्न सुधारका माग राखी माइतीघर मण्डलामा लामो समयदेखि अनशन भइरहेको भए पनि सरकार बेखबर जस्तो देखिएको जनाउँदै बन्द भएका सिटिइभिटीअन्तर्गतका कलेज खुलाउन माग गरेका छन । सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको हाल बन्द अवस्थामा रहेको श्रीराम सुगरमिल किसानको हितका लागि भएपनि यथाशीघ्र सञ्चालन गर्न माग गरेका छन  ।
सांसद धनबहादुर बुढाले डोल्पाको उत्तरी क्षेत्रका नाकामा हाटबजार मेला लाग्दै आएको भए पनि कोभिडका कारण विगत पाँच वर्षदेखि बन्द रहेकाले सो स्थानमा दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामग्रीको अभाव भएको र  नाका खुलाउन माग गरेका छन  ।
सांसद धवलशम्शेर जबराले नेपालगञ्जमा खेलकुदको पूर्वाधारमा कमी भएको, कपास विकास समिति अलपत्र भएका, नर्सिङ कलेजलाई भर्ना गर्न नदिएको बारेमा सदनको ध्यानाकर्षण गराएका छन । सांसद ध्रुवबहादुर प्रधानले उद्योगमा सबैभन्दा बढी राजस्व तिर्ने नवलपरासी पश्चिमका जनता आर्सनिक खानेपानी खान बाध्य भएको बताउँदै शुद्ध खानेपानी उपलब्ध गराउन माग गरेका छन ।
सांसद नारायणप्रसाद आचार्यले पाल्पा रामपुरको बाटो लामो सयमदेखि बजेटको कमीका कारण मर्मतसमेत हुन नसेकेको हुँदा मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । सांसद पृष्पबहादुर शाहले अछामको कैलाश खोलामा आएको बाढीले पर्यटकीयस्थल रामारोशन बाटो अवरुद्ध भएको तत्काल बाटो खुलाउन आग्रह गरेका छन ।
सांसद प्रकाशमान सिंहले बाढीपहिरोले मुलुकभर जस्तै काठमाडौँ उपत्यका पनि डुबानको समस्या बढेको हुँदा यसको दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गरएका छन। सांसद प्रदीप पौडेलले इञ्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरिएको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्न माग गरेका छन ।
सांसद प्रतिमा गौतमले बाढी पहिरोको समस्या, आँखा पाक्ने रोगको प्रकोप, लम्पी स्किनको सङ्क्रमण, महँगी, भ्रष्टाचारलगायत जनजीविकाका विविध समस्या भए पनि सुनका नाममा एक महिनादेखि संसद् बन्द भएको उल्लेख गर्दै त्यसपछि संसद् सञ्चालन हुनुलाई कसरी उपलब्धि मान्न सकिन्छ भनी प्रश्न गरेका छन ।
सांसद प्रभु हजाराले शुद्ध खानेपानी पाउने जनताको मौलिक हक भए पनि तराई–मधेसका जनताले अझै पनि शुद्ध खानेपानी नपाएको जनाउँदै तत्काल व्यवस्थापन गर्न माग गरेका छन। सांसद प्रेमबहादुर महर्जनले पछिल्लो समय बालबालिका हराउनेक्रम बढेको तथ्याङ्क पेस गर्दै प्रभावकारी खोजतलासका लागि सरकारसँग आग्रह गरेका छन ।
सांसद बद्री पाण्डेले लम्पी स्किन रोगका कारण हजारौ पशुचौपाया मरेको र किसान ठूलो मार्कामा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै यसको प्रभावकारी रोकथाम र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन । सांसद बलराम अधिकारीले छाडा गाईगोरुका कारण सडक दुर्घटना बढेको र दुर्गन्ध फैलिएको बताउँदै यसको उचित व्यवस्थापनका लागि आग्रह गरेका छन ।
सांसद वासुदेव घिमिरेले स्वच्छ वातावरण मौलिक हक भएपनि स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा विभिन्न कठिनाई हुने गरेको र यसमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने सुझाव दिएका छन । सांसद विन्दबासिनी कांसकारले सडक डिभिजन कार्यालय हेटाँैडाले सो क्षेत्रमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत उचित मुआब्जा नदिइ जग्गा अधिग्रहण गरिएको जनाउँदै विकासका नाममा जनतालाई विस्थापित बनाउन नहुने धारणा व्यक्त गरेका छन ।
सांसद विनिता कठायतले जुम्लामा बाढीले बगाउँदा स्थानीय पन्नकली बुढा बेपत्ता भएको जानकारी गराउँदै तत्काल बेपत्ताको खोजी  गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन ।

adv-single
सम्बन्धित समाचार

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...