शिव प्रसाद लुईटेल
उदयपुर। बेलका नगरपालिका रामपुर बजारको सडक अतिक्रमण हुदा समेत सरोकारवाला मौन छन। उक्त सडकमा सडक क्षेत्र भित्र पर्नेगरि टहरा,घरका सिढी बनाउनुको साथै निर्माणका सामाग्री,फुल रोप्ने,ग्यारेजमा मर्मतका लागि ल्याइएका सवारि साधनहरु राख्ने गरेको देखिन्छ ।
बजार ब्यवस्थापन समितिले बजार लाग्ने क्षेत्र र तरकारी बजार क्षेत्र तोकिदिएता पनि ब्यापारिहरुले सडक क्षेत्र भित्रै कपडा,सब्जि,अन्न,ठेलमा पानीपुरि चटपटे बेच्न राख्ने गरेका छन।सवारी साधनहरु पनि सडक क्षेत्र भित्रै पार्किङ हुने हँुदा पैदलयात्रीहरु सवारी साधन गुड्ने स्थानबाटै हिड्नु पर्ने बाध्यता छ । पैदलयात्री सवारी साधन गुड्ने स्थानबाट हिँड्दा दुर्घटना हुने सम्भावना देखिन्छ।
ने.क.पा. एमाले बेलकाका अध्यक्ष गणेश बस्नेत आफ्नो फेसबुक वालमा लेख्छन ३० मिटर बाटो सहित अतिक्रमण हुँदा पनि सरोकारवालाहरुको उदासिनता उनि भन्छन अझै पनि चुप बस्ने हो भने बजार कुरुप मात्रै हैन सखाप बन्छ।
ट्राफिक प्रहरि चन्द्रबहादुर बुढाथोकी भन्छन पार्किङको बारेमा झट्ट हेर्दा ट्राफिकको कमजोरी देखिएता पनि यो ब्यवस्थापकिय र स्थानीय सरकारको कमजोरी हो। हामिले हाम्रो तर्फबाट काम गएइरहेका छौँ। मुर्तिखोला छेउमा बसपार्क रहेता पनि बसपार्क ब्यवस्थित हुन नसक्दाको परिणाम हो।
बेलका नगरपालिकाका असिस्टेन्ट सब इन्जिनियर उपेन्द्र थापा भन्छन, नगरपालिकाबाट इजाजत नलिइ बनेका संरचनाहरु हुन। घर बनाउदा सर्वप्रथम घर नक्सा बनाउनु पर्छ सर्जिबिन पश्चात् नगरले दिएको मापदण्ड अनुरुप घर बनाउनु पर्ने हुन्छ। सडक क्षेत्रबाट ६ मिटरको दुरि छाडेर संरचना बनाउनु पर्ने हुन्छ। नेपाल सरकारले सडक बिस्तार गरेको खण्डमा सडक मिचेर बनाइएका संरचनाहरु बिना क्षतिपूर्ति भत्काउन सक्छ।
Post Views: 321