प्याब्सन लोक नृत्यको उपाधि सिद्धार्थ, बालप्रतिभा र नमूना स्कुललाई

प्याब्सन लोक नृत्यको उपाधि सिद्धार्थ, बालप्रतिभा र नमूना स्कुललाई

 राष्ट्रिय डेली

विराटनगर । मोरङ जिल्लास्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल, बाल प्रतिभा र इन्द्रपुर नमूना सेकेण्डरी स्कुलले जितेको छ । विराटनगरमा बिहीबार राती सम्पन्न भएको प्याब्सन लोक नृत्य प्रतियोगिताको फाइनलमा जुनियरतर्फको प्रथम बालप्रतिभा, इन्द्रपुर नमूना र सिनियरतर्फ सिद्धार्थ स्कुल घोषित भएको हो । बालप्रतिभा र ईन्द्रपुर नमूना स्कुलको समान अंक भएर टाईअप भएपछि जुनियरतर्फ दुई विद्यालयलाई प्रथम घोषणा गरिएको आयोजक समितिले जनाएको छ । जुनियरतर्फ उर्लाबारीको भृकुटी मोडल स्कुल दोश्रो र बेलबारीको आदर्श स्कुलले तेश्रो स्थान हासिल गरेका छन् । जुनियरतर्फ रंगेलीको मिनील्याण्ड स्कुल चौथो भयो । बेलबारीको ईस्टर्न भ्यू र सुन्दरहरैंचाको स्कलर्स होम तथा सिद्धार्थ उच्च मावि पाँचौ भएको छ ।

यसैगरि सिनियरतर्फ सुन्दरहरैंचाकै ब्राईट फ्यूचर स्कुल दोश्रो र पथरीको एभरेष्ट उच्च माध्यमिक विद्यालय तेश्रो भएको छ । बेलबारीको शिक्षा संदेश स्कुल चौथा र उर्लाबारीको सनसाईन स्कुलले सिनियरतर्फ पाँचौ भएको छ । प्रतियोगिताको सिनियरतर्फ प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले शनिबारदेखि सुन्दरहरैचामा सुरू हुने प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

बिजयी विद्यालयहरुलाई सिनियर र जुनियर दुवै क्याटोगरिमा प्रथम,दोश्रो र तेश्रो हुनेलाई नगद १५ हजार,१० हजार र ५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । यस्तै सान्तवना हुने विद्यालयले ट्रफि पाए ।

प्रतियोगितामा मोरङका ५९ विद्यालयका विद्यार्थीहरुले विभिन्न समुदायका मौलिक लोकनृत्य प्रस्तुत गरेको प्याब्सन मोरङका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । प्रतियोगितामा सहभागि कक्षा १ देखि ८ सम्म जुनियर र ६ देखी १२ सम्म सिनियरतर्फका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । प्याब्सन मोरङले २०६२ सालयता लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले बताइन् ।

बिजयी हुने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनको राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, विशिष्ट अतिथिहरू प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, बासुदेव न्यौपाने, सचिब हेमन्त कार्की, प्रदेश १ का अध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका प्रमुख सल्लाहकार तथा प्रदेश १ का उपाध्यक्ष अर्जुन बस्नेत, प्याब्सनको पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता प्याब्सन मोरङका अध्यक्ष शितला सुब्बाले गरेकी थिइन् ।

 

adv-single
सम्बन्धित समाचार

लगानी नउठ्दा व्यापारिक घराना डुब्दै

विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...