विराटनगर । विराटनगरको कन्चनवारीमा थकाली किचेनको उद्घाट्न भएको छ ।
विराटनगरमा स्तरीय होटलहरु खुल्ने क्रम जारी रहेको छ । विराटनगरमा थकाली खाना पाउने ठाउको अभाव भै रहेको अवस्थामा सो लाई पुर्ती गर्न होटल संचालनमा ल्याइएको होटल संचालक रन्जन कुमार शाहीले जानकारी दिए ।
थकाली खाना रु १४० मा भेज , १९९ मा चिकेन , २९९ मा मटन थकाली खाना पाउने होटलले जनाएको छ । भाद्र महिना सम्मका लागि १० ५ छुटको ब्यबस्था गरिएको तथा सेमिनार हल समेत सन्चालनमा ल्याइएको छ ।
निकट भबिस्यमा नै रुफटफ रेस्टुरेन्ट पनि संचालनमा ल्याइने होटलले जानकारी दिएको छ । पाटि तथा सेमिनारका लागि सुपथ मुल्यमा रिजर्भेसन गर्न सकिने रेस्टुरेन्टले जनाएको छ ।
पारिवारिक तथा मनोरम बाताबरणमा थकालीका साथ साथै अन्य परिकार पनि उपलब्ध हुने र सबैको रोजाइको रेस्टुरेन्ट बन्ने दिशामा अघि बढेको र कम मुल्यमा गुणस्तरीय खानेकुरा उपलब्ध गराउन प्रतिबद्ध रहेकाले बिराटनगर बासीलाई एक पटक सेवा गर्ने अवसर दिनहुन रेस्टुरेन्टले आग्रह गरेको छ ।
करिब ५० लाखको लागतमा संचालनमा ल्याइएको होटलमा ग्राहकको चाहना अनुसार सुबिधा थप गरिने संचालक रन्जन कुमार शाहिले जानकारी दिए ।
Post Views: 7