विराटनगर । विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेला आयोजना हुने भएको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमले मेला आयोजना गर्न लागेको हो ।
असोज ४ गतेबाट सुरु हुने मेला असोज १० गतेसम्म संचालन हुने छ । मेला मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी संचालन हुनेछ । मेलामा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको ग्राण्ड एक्सेन्ज गर्न सकिने मार्केटिङ म्यानेजर सन्तोष शाहले जानकारी दिए ।
मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने उनले बताए । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने उनको भनाइ छ ।
यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने उनले जानकारी दिए । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने उनले बताए ।
यस्तै चाडपर्व लक्षित विभिन्न योजना समेत रहेको उनले बताए ।
Post Views: 3