विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा ग्राहकको घुइँचो लाग्न थालेको छ । असोज ४ गतेबाट सुरु भएको मेलामा अहिलेसम्म ८ सय बढी ग्राहकले अवलोकन गरिसकेका छन् ।
टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमको आयोजनामा सुरु भएको मेलामा विभिन्न योजनाहरू लागु गरिएको छ ।
मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने छ । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन ७ हजार थप गरिने म्यानेजर सन्तोष साहले जानकारी दिए ।
यस्तै नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्युनतम २० प्रतिशत डाउनपेमेन्ट गर्न सकिने र न्युनतम मासिक ४ हजार २७७ बुझाउन सकिने छ । साथै नयाँ बाइक तथा स्कुटरको खरिदमा हेलमेट, रेनकोट र बाइक कभर फ्रिमा उपलब्ध गराउने उनले बताए ।
टिभिएको ग्राण्ड एक्स्न्जमा गोलाप्रथामा हरेक दिन एक जनाले एउटा मोवाईल उपहार पाउने साहले जानकारी दिए ।
असोज ४ गते मंगलबाराबाट सुरु भएको मेला असोज १० गतेसम्म संचालन हुने छ ।
Post Views: 3