गुरुकुलमा महोत्सव शुरु, मञ्चन भयो नेताजी

गुरुकुलमा महोत्सव शुरु, मञ्चन भयो नेताजी

 राष्ट्रिय डेली

 

विराटनगर । शुक्रबारदेखि विराटनगर विद्यालय नाटक महोत्सव २०८० शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सव विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्दै शुरुवात गरिएको हो । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकको नेताजी नामक नाटक मञ्चन गरियो । गुरुकुल कै विद्यार्थी भरत पराजुलीले निर्देशन गरेको नाटकमा दिपा पोखरेल, आरपी निरौला, अशोक गौतम, देवेन्द्र यादव, प्रदिप दाहाल, लकेश दंगाल, प्रेम देवान, निरज कार्की, निशान राई, दिक्षा चौधरी, प्रतिक्षा न्यौपाने, सुरेश मण्डल लगायतले अभिनय गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले नाट्यकर्मले विराटनगरलाई कला–संस्कृतिको शहरका रुपमा स्थापित गर्न मद्धत पुग्ने धारणा राखे । शुक्रबारै गुरुकुलले सन् २००७ देखि २००९ सम्म नाट्य प्रशिक्षण लिएका १२ विद्यार्थीलाई दिक्षित पनि गरेको थियो ।

भाद्र २२ गतेदेखि ३१ गतेसम्म हुने महोत्सवमा आयोजक आरोहण गुरुकुलको एउटा र विराटनगरका ९ वटा विद्यालयका एक–एक वटा गरी कूल १० वटा नाटक मञ्चन हुनेछन् । दैनिक २ बजे नाटक मञ्चन गरिने यो महोत्सवको १० दिनमा झण्डै ४ हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवमा भाद्र २३ गते मोर्डन एरा विद्यालयको नाटक आधा सत्य, २४ गते ग्रीनल्याण्ड विद्यालयको नाटक कोपिला, २५ गते ग्रेडेड स्कुलको नाटक तीतो बोली सच्चा गुण, २६ गते जेसी बाल सदनको नाटक अबोध मञ्चन हुनेछ । त्यस्तै २७ गते लिलिपुट स्कुलको नाटक चम्किला अनुहारहरु, २८ गते हेरिटेज स्कुलको नाटक विछोड, २९ गते पूर्वाञ्चाल विद्या सदनको नाटक स्वाद, ३० गते जनपथ माध्यमिक विद्यालयको नाटक खैराँती मास्टर र ३१ गते कान्तिपुर स्कुलको नाटक आमा मञ्चन हुने जनाइएको छ । रंगकर्मी खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले सहभागी ९ विद्यालयहरुमध्येबाट एक–एक उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री छनोट गर्नुहुनेछ, जसलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।


विद्यालय नाटक महोत्सवको पहिलो र दोस्रो संस्करण वि.सं. २०७६ र २०७९ सालमा गरेको गुरुकुलले तेस्रो संस्करणका रुपमा “विराटनगर विद्यालय नाटक महोत्सव २०८०” आयोजना गरेको हो । गत साउन १४ गतेदेखि साउन ३१ गतेसम्ममा आवेदन दिएका विद्यालयहरुमध्ये ९ वटा विद्यालय छनोट गरि यस महोत्सवमा नाटक मञ्चन गर्न लागिएको आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । महोत्सवमा सहभागिताका लागि छनोट भएका विद्यालयहरुलाई नाटक तयार गर्न गुरुकुलले प्रशिक्षणदेखि सबै प्राविधिक सहयोग निशुल्क गरेको महोत्सव संयोजक दिपेश भण्डारीले बताए ।

adv-single
सम्बन्धित समाचार

‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...

टिभिएसको एक्स्चेन्ज मेला असोज ९ देखि १२ सम्म

  विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...

कोशी प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...

एमबीइ कार्यक्रम तथा एआईबी साउथ एसिया कन्फ्रेन्स सम्बन्धि अन्तरक्रिया सम्पन्न

विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...

विद्यार्थी परिषदद्वारा संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पसमा शैक्षिक सामग्री वितरण

संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...

नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले मनायो विश्व फार्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...

नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर

काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...

आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...

विराटनगर विद्यालय नाटक महोत्सव, पूर्वाञ्चल स्कुलको ‘स्वाद’ प्रथम

  विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...

सोम्स कलेजमा तिज विशेष कार्यक्रम

  विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...

श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...