तालिवानको बिगत र वर्तमान

तालिवानको बिगत र वर्तमान

 राष्ट्रिय डेली

 

बद्री बिक्रम
तालिवान शब्द पास्थोबाट लिईएको हो जसको अर्थ विद्यार्थी हुन आउँछ । सोभियत संघले सन् १९७९ मा अफ्गानिस्तान कब्जा गरिसकेपछि, इस्लामिक मुजाहिदिन फाइटरहरु सोभियत फोर्स विरुद्वको युद्धमा होमिए । प्राय जसो तालिवानमा संस्थापक नेताहरु, सोभियत – अफ्गान युद्वमा कि त हिजबि आइ इस्लामिक खालिस कि त हराकत आइ इनतिलाब इ इस्लामिबाट लडेको देखिन्छ जुन मुजाहिदिन कै गुटहरु हुन् ।

सोभियत संघको बढ्दो साम्राज्यवाद र बालोचिस्तान प्रति परेको कुदृष्टि बाट त्रसित भएका तत्कालीन पाकिस्तानी राष्ट्र प्रमुख महमद जिया उल हक ले आफ्ना सेना प्रमुख अख्तर अब्दुल रहमानलाई साउदी अरेबिया पठाए । यसको प्रमुख उदेश्य अफगानिस्तानलाई सोभियत फोर्स विरुद्ध मद्दत गर्नु थियो । पछि अमेरिकाको सिआईए र साउदी को जिआईडी दुई मिलेर केही कोष र केही हतियारहरु पाकिस्तानी आईएसआई मुजाहिदिनलाई उपलब्ध गराइयो। त्यहि क्रममा ९०,००० अफगानी जसमा तालिवानी संस्थापक नेता महमद ओमर सहितलाई पाकिस्तानी आईएसआई ले सन् १९८० मा सैन्य प्रशिक्षण समेत दियो।

तालिवानको इतिहासलाई पल्टाएर हेर्दा

सन् १९९४ मा अफगानिस्तानमा भई रहेको राजनीति अस्थिरता र जनयुद्धका बखत तालिवानको उदय भयो। यस युद्वमा धेरै मात्रामा तालिव अर्थात विद्यार्थीहरूको संलग्नता थियो जो अफगानिस्तानको पूर्वी र दक्षिणी क्षेत्र पास्तुनका थिए । अधिकांश तालिवानहरु पुराना इस्लामी विद्यालयहरुबाट शिक्षा ग्रहण गरेका थिए। तालिवानका संस्थापन नेता महमद ओमरको नेतृत्वमा उनीहरुले सोभियत अफगान युद्धमा ठूलो योगदान दिँदै आफ्नो आन्दोलनलाई अफगानिस्तानको धेरै जसो ठाउँहरुमा विस्तार गरे । त्यसै गरी सन् १९९६ मा इस्लामिक मुजाहिदिन नेता बुरहानुदिन रब्बानिलाई सत्ताबाट हटाउँदै तालिवान, सर्वसत्ताबादी इस्लामिक इमिरेट अफ अफगानिस्तान स्थापित गर्न सफल भयो र कन्दहरलाई राजधानी समेत तोकियो।

तलिवानले सत्ता कब्जा गरिसकेपछी धेरै कुरामा रोक लगाईयो जस्तै मिडिया, फोटोग्राफी, सिनेमा, संगीत, टेलिभिजन,पेन्टिङ,फुटबल, चेस आदि।विदेशीहरुलाई पनि भ्रमणमा निषेध गरियो। महिलाहरुलाई स्वास्थ्य क्षेत्र भन्दा बाहिर काम गर्न रोक लगाईयो जसमा महिलालाई पुरुष डाक्टरले उपचार गर्न नपाउने र महिलाहरू बाहिर निस्कदा पुरुषलाई साथी लिएर निस्कनु पर्ने र सार्वजनिक स्थलहरुमा बुर्खालाई अनिवार्य पनि गरियो। यदि महिलाहरूले उक्त कानुनको उल्लङ्घन गरेमा सर्वजनिक रुपमा सजाय दिने अथवा इस्लामिक कानुन अनुरूप सजाय दिने व्यवस्था मिलाईयो । त्यसैगरी धार्मिक तथा जातिय अल्पसंख्यक समुदायको क्रुरतापूर्वक हत्या तथा यातना पनि दिन थालियो । यतिमात्र नभई तालिवानले सांस्कृतिक तथा धार्मिक नरसंहारमा अभ्यस्त भएर १५०० वर्ष पुरानो बामियानको बुद्धको समेत नष्ट गर्यो ।

पाकिस्तानी आईएस्आई र सेनाले तालिवानलाई सहयोग गरेको भन्ने अन्तराष्ट्रिय समुदाय र अफगानिस्तको आरोप आईरहेको बेला सेप्टेम्बर ११ को हमला पछि सहयोगमा ह्रास आएको देखिन्छ ।

अफगान–सिभिल वारलाई नियालेर हेर्दा

सन् १९९२ मा सोभियत संघ फिर्ता भए पछी महमद नाजिबुल्ला र अन्य अफगानी राजनीतिक दलहरु बीच शान्ति तथा सत्ता साझेदारी सम्झौतामा हस्ताक्षर भयो जसले इस्लामिक स्टेट अफ अफगानिस्तान को स्थापना र अन्तरिम सरकारको घोषणा गर्यो । यसमा हिब्ज ई इस्लामी गुलबुद्विन, हिब्ज ई वादात र इतिहाद आई इस्लामी भने सहभागी भएनन् । सम्पूर्ण प्रतिद्वन्द्वी समूहहरूमा बढ्दै गएको सत्ताको मोहले गर्दा यसरी गठन भएको सरकार सुरुवातिका दिन देखी नै कमजोर बन्दै गयो ।

हिब्ज ई इस्लामी गुलबुद्विन पार्टीले सन् १९९२ अप्रिल तिर अन्तरिम सरकारको विरोध गर्दै सरकारी फोर्स र काबुल बिरुद्व हमला सुरु गर्यो। नेता हेकमतयार ले पाकिस्तानी आईएसआई बाट आर्थिक सैन्य सहयोग पाए। त्यही सहयोगको भरमा हेकमतयारको फोर्सले आधा काबुल ध्वस्त गर्न सफल भएको थियो । त्यसैगरी इरानले अब्दुल अलिको हिब्ज ई वादत र साउदी अरेबियाले इतिहाद आई इस्लामी समूहलाई सहयोग गरे।

यसरी अचानक सुरु भएको युद्धका कारण भरखर चयन भएको सरकारले सम्पूर्ण सरकारी संयन्त्रहरुलाई पूर्ण रूपमा परिचालन गर्नबाट चुक्यो। युद्वले उग्र गतिलिई रहँदा विभिन्न समूह तथा समुदाय बीच हिंसात्मक स्थिति पैदा भयो। यस क्रममा भरखरै नियुक्ति भएका रक्षा मन्त्री, अहमद साह मसुद राष्ट्रपति सिब्गतुल्ला मुजादीदी र अन्तरिम सरकारका प्रमुख बुरहानुद्दीन रब्बानी र अन्तराष्ट्रिय रेड क्रस कमिटीका अफिसियल लगायत सम्पूर्ण पदाधिकारीहरू केही दिन भित्रै पदविहिन भएका थिए ।

 

यसरी देशमा अस्थिरता छायो। जता ततै बिभिन्न साना ठूला संगठनहरूले साना ठूला सहरहरु कब्जा गर्ने संगठन विस्तार गरे। त्यही क्रममा सन् १९९४ अगष्टमा अफगानिस्तानलाई तत्कालिन भ्रष्ट र संहारबादी नेताबाट मुक्त गराउन कन्दाहार जिल्लाबाट तालिवानको उदय भएको हो ।

आफ्नै मदरासामा पढाई रहेका तालिवान संस्थापन नेता ओमारले मदरासामा रहेका ५० विद्याथीहरुलाई लिएर समूह बनाए । ओमार अफ्गानिस्तानमा बढ्दै गइरहेको कम्युनिष्ट शासनलाई लिएर सन्तुष्ट थिएनन्। उनी इस्लामिक कानुनलाई स्थापित गर्न चाहन्थे । केही महिनाभित्रमै विभिन्न धार्मिक विधालय, मदरासा र अफगानी शरणार्थीहरुलाई मिलाएर करिब १५,००० जतिको संख्या समूहमा सामेल भयो ।

सुरुवातका दिनमा अफगानिस्तान इस्लामको आचार र सिद्धान्त अनुरूप नचलेकाले अफगानी जनताहरूले यति धेरै सास्ती ब्यहोर्नु परेको तालिवानहरुको बुझाई थियो। त्यसैले आफ्ना धार्मिक विधालयहरुमा कट्टर इस्लामिक कानुन र सिद्वान्तहरु सिकाइन्थ्यो ।

३ नोभेम्बर १९९४ मा तालिवानले अचानक हमला गरी कान्दाहार माथि विजय प्राप्त गर्छ र सन् १९९५ जनवरी भन्दा अगाडि सम्ममा तालिवानले अफगानका १२ प्रदेशहरुमा कब्जा गरिसक्छ भने कतिपय भुभागहरु बिना युद्वनै कब्जा गर्न सफल हुन्छ । ओमारले बनाएका फौजका कतिपय कमान्डरहरु कि त पूर्व लडाकू कि त मदरासाका शिक्षकहरु थिए । तत्कालिन समयमा तालिवानहरु भ्रष्टचार बिरोधी अभियान, कानुनको पूर्ण पालना, बाटो घाटो बनाउने र सुरक्षा प्रदान गर्ने कामले प्रख्यात थिए ।

 

तालिवानले आफ्नो प्रभुत्वलाई पूरै अफगानिस्तानमा स्थापित गराउने क्रममा कान्दाहारमा रहेको आफ्नो बेसलाई ठूलो क्षेत्रमा बिस्तार गर्यो । सन् १९९४ को दशक तिर आफ्नो गतिबिधिलाई काबुल तिर बिस्तार गर्ने क्रममा सरकारी फोर्सबाट ठूलो मात्रामा हार ब्यहोर्नु पर्यो । काबुलबाट पछि हट्ने क्रममा तालिवान लडाकुहरुले सहरहरुमा बम, बारुद बिस्फोट गराउने, सिभिलियनहरुको हत्या गर्ने हरकतले अफगान सरकारको उनीहरु प्रतिको सम्मानमा ह्रास आउछ र उनीहरुलाई मात्र एउटा सत्ताको भोको मिलिशियाको रुपमा मात्र हेरियो ।

 

कयौ हार जीत, उतार चढावका बावाजुत तालिवानले पश्चिमी सहर हेराटलाई नियन्त्रणमा लिन सफल भयो र इस्लामिक इमिरेट अफ अफगानिस्तान को स्थापना गर्न सफल भयो ।

जब तालिवान १९९६ मा सत्तामा आयो, २० बर्ष लामो युद्वले अफगानिस्तानको विकासका पूर्वाधारहरु र अर्थतन्त्रलाई नराम्ररी निमोठी सकेको थियो । खानेपानी देखि लिएर बिजुली बत्ति, टेलिफोन, बाटो घाटो तथा दैनिक अत्यावश्यकीय सामानहरुको अभाव थियो ।

२००१ सेप्टेम्बर २० मा अमेरीकी राष्ट्रपतिले ११ सेप्टेम्बरको हमलाको सम्पूर्ण दोष अल क्वायदालाई दिदै कंग्रेसको सेसनलाई सम्बोधन गरे । त्यति मात्र नभई अल क्वायदाको नेतृत्वको प्रभाव तालिवानी शासनमा परेको र यसमा तालिवानीको पनि ठूलो सहयोग रहेको दोष दिइन्छ र तालिवान सँग प्रस्ताव राखिन्छ जसमा कुनै वार्ता र छलफल गर्न नमिल्ने बताइन्छ। ति प्रस्तावहरु यस प्रकार थिएः

अमेरिकालाई अल क्वायदाका सम्पूर्ण नेताहरु बुझाउनु पर्ने
बिदेशी पत्रकार, कुटनितिक र एआईडी कामदारहरुको रिहा गर्नुपर्ने
अवैध रुपमा कैद गरिएका विदेशी नागरिकलाई रिहा गर्नु पर्ने ९सबै आतङ्कवादी क्याम्प तुरुन्त बन्द गर्नु पर्ने
सबै आतङ्कवादी र तिनका समर्थकहरुले समबन्धित निकाय सँग आत्मसमर्पण गर्नु पर्ने
संयुत्त राज्य अमेरिकालाई आतंङ्क अभ्यास क्यापको को पूर्ण अनुगमन र निरिक्षण गर्न दिनु पर्ने
पाकिस्तानका लागि नियुक्ति भएका राजदूत अब्दुल सलिमले प्रतिक्रिया स्वरुप विन लादेन हमलामा सामेल भएको र प्रमाण पुगे कारवाही अगाडी बनाउन सक्ने र ट्रेड सेन्टरमा ४००० यहूदी पनि काम गर्दै आएको तर त्यसदिन उनुपस्थित हुनुको कारण खुलाउन आग्रह गरे ।

ट्रेड सेन्टरमा हमला भएको एक महिना भन्दा कम समयमा अमेरिकाले बेतायत, क्यानडा र अरु नेटोमा आबद्व मुलूकहरुलाई समेटेर सैन संयन्त्र बनायो जसको नाम यूनाइटेड फ्रन्ट ट्रप्स राखियो र तालिवान र अल क्वायदा विरुद्व सैन कारवाही सुरु गरियो । अमेरीकाको त्यस सैन्य कारवाहीले तालिवानलाई सत्तामुक्त बनायो र अफगानिस्तानलाई आतङ्कबादी अपरेसनमा परिचालन गर्यो ।

१५ नोभेम्बर मा तालिवान काबुल र जलालाबादबाट पछि हट्दै पहाडी ईलाका तिर लाग्यो र डिसेम्बरको अन्त्य तिर तालिवान कन्दाहारबाट पनि पछि हट्यो जहॉ तालिवानको सबैभन्दा ठूलो क्याम्प थियो ।

सन् २००१ पछि तालिवानलाई पुनरुत्थान हुन निकै सकस पर्यो तर अन्तराष्ट्रिय सहयोग र संगठन विस्तार हुने काम भई रह्यो । सन् २००३ मा तालिवानले पूनर्गठन गरेको र अमेरिकी सैनिकलाई हटाउन गोरिल्ला युद्वको लागि तयार भएको घोषणा गर्यो ।

बिस्तारै तालिवानले आफ्नो संगठन विस्तारका साथै हिट एन्ट रन युद्व रणनीति अपनाउदै अमेरीकी सेना विरुद्व युद्व गरि रह्यो ।

सन् २०१५ मा तालेवानद्वारा संस्थापक नेता ओमारको २०१३ मै ट्युवरक्लोसिस नामक रोगद्वारा निधन भएको घोषणा भयो ।

 

फेब्रुअरी २०२० मा अमेरीकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले तालिवान सँग विशाल शान्ति बार्ता सुरू गर्छन्। वार्तामा यदि तालिवान अल क्वायदा जस्तो आतङ्कबादी संगठन सँग समर्थन फिर्ता लिने हो भने अमेरिका पनि आफ्ना सैनिकहरू फिर्ता लैजान तयार भयो। किनकि अमेरिकाको धेरै खर्च भईसकेको हुन्छ र फेरि खर्च नगर्ने मनशायमा अमेरिका देखियो।

 

सन् २०२१ कै मध्य तिर जब अमेरिकाले आफ्ना सेनाहरू फिर्ता लान सुरु गर्छ अनि बिस्तारै तालिवान शक्तिशाली बन्दै आउँछ, जुलाई २३ सम्ममा करिब ४२१ जिल्लाहरूमा तालिवान ले प्रभुत्व जमायो।

मध्य अगस्ट सम्ममा तालिवानले अफगानिस्तानको ठूला सहरहरु कब्जा गरि सकेको थियो जसमा राजधानी काबुल पनि पर्न आउछ, अगस्ट १५ मा अफगानिस्तानका तत्कालिन राष्ट्रपति असरफ घानीले ले रगतको युद्ध नचाहने भन्दै देश छाडेर ताजाकिस्तान् लागे पछि तालिवान समूहले राष्ट्रपति भवन कब्जा गर्यो ।यसरी तालिवानले अफगानिस्तान नियन्त्रण गरेको ३ साता पछि मुल्लाह मोहम्मद हसन अखुन्द प्रधानमन्त्री सहितको मन्त्रीमण्डलको गठन गरि अन्तरिम सरकारको घोषणा गरेको थियो।

साभार  लाल्टिन डट कम

adv-single
सम्बन्धित समाचार

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...

दस महिनामा एक लाख ७७ हजार पर्यटक पुगे अन्नपूर्ण क्षेत्र

पदयात्राका लागि प्रशिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्। गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण...