कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चाल

कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चाल

 राष्ट्रिय डेली

चन्द्रौटा । औषधि प्रतिरोधक क्षयरोग डिआरटिबीका बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगीको उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्रको आज उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताएका छन । उनका अनुसार नेपालभर २३ डिआर सेवा ८६ उपकेन्द्र रहेका छन् । “सरकारले सन् २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारिएको छ”, शर्माले बताए, “उपचार केन्द्र र उपकेन्द्र गाउँस्तरमा स्थापना गर्ने उद्देश्यले प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको छ ।”

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताएका छन। कपिलवस्तुमा मात्र नभई छिमेकी जिल्लाका बिरामीलाई सहज हुने भएकाले यहाँ केन्द्र स्थापना गरिएको उहाँले बताएका छन ।

अस्पतालका सेवालाई विस्तार गर्दै केही दिनमै २४सै घण्टा सेवा प्रवाह तथा शव परीक्षण गर्ने व्यवस्था मिलाइने थापाले जानकारी दिएका छन । क्षयरोगका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइएकाले सबै बिरामीलाई निगरानी गर्नुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताएका छन ।

डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा निःशुल्क उपचार हुने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले बताएका छन । “क्षयरोगका बिरामीको औषधिले काम गरे÷नगरेको विषयको परीक्षण प्रयोगशालामा हुन्छ”, उनले बताए, “नियमित औषधिले निको हुने नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । तथ्याङ्कमा हेर्दा २०७५र७६ मा सात सय २७, २०७६र७७ मा पाँच सय ८५, २०७७र७८ मा छ सय ३३, २०७७र७८ मा छ सय ३३, २०७८र७९ मा नौ सय र २०७९र८० मा नौ सय १४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।

adv-single
सम्बन्धित समाचार

लगानी नउठ्दा व्यापारिक घराना डुब्दै

विराटनगर । विभिन्न लालच देखाएर ठगी गर्ने गिरोह मोरङमा सक्रिय भएका छन् । जग्गा धितो राखेर मोटो रकम लिने र समयमा नतिर्ने गिरोह विराटनगरमा सक्रिय रहेको पाइएको हो । जसको प्रत्यक्ष दबाबमा ललित सोनी परेका...

कोशीका नवनियुक्त ७ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज प्रदेश प्रमुख पर्शुराम खापुङले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

सीएमसी कलेजमा नयाँ नेतृत्व

विराटनगर । विराटनगर-११, महेन्द्रचाेकस्थित चन्द्रसूर्य म्यानेजमेन्ट क्याम्पस (सीएमसी) नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको छ । विराटनगर-३, वरगाछीमा १० वर्षदेखि सञ्चालनमा रही हाल महेन्द्रचाेकमा स्थानान्तरण भएकाे क्याम्पसलाई नयाँ नेतृत्वले सञ्चालन गर्ने भएको हो । सञ्चालकहरू रामप्रताप...

प्रेस युनियन स्थापना दिवसमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुँदै

विराटनगर । नेपाल प्रेस युनियनको २३ औं स्थापना दिवसका अवसरमा विराटनगरमा सञ्चारकर्मीहरूबीच दौड प्रतियोगिता हुने भएको छ । प्रेस युनियन कोशी प्रदेशको आयोजनामा यही जेठ १० गते सञ्चारकर्मीहरूबीच खुल्ला महिला-पुरूष दौड प्रतियोगिता हुने भएको हो...

सुनसरीमा गोली चलाएर समातियो दुई लागुऔषध कारोबारी

विराटनगर । सुनसरीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । रामधुनी नगरपालिका-६, इचौलबाट लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हो । सप्तकोशी नगरपालिका-५, सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र...

'उप' भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना [अन्तर्वार्ता]

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसद्मा...

प्रतिनिधिसभा बैठकको समय सर्‍याे

काठमाडौँ । राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेकाले आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ । दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई...

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०...

मिल्स क्रिकेटको सेमिफाइनलमा विराटनगरको एनबीएससी

विराटनगर । विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर...

करिब आठ लाख मूल्यको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७, ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर...

ग्रेडेड स्कुलमा चुनावबाट चुनियो विद्यार्थी नेतृत्व

विराटनगर । विराटनगर-८ मा आवस्थित ग्रेडेड स्कुलले प्रजातान्त्रिक प्रक्रिया चुनावद्वारा विद्यार्थी नेतृत्व चयन गरेको छ । स्कुल परिसरमा चुनावी प्रक्रियामार्फत १४ जना विद्यार्थीहरूलाई नेतृत्वमा चयन गरिएको हो । विद्यालय कप्तानमा छात्रतर्फ प्रशन्त कामत (कक्षा ९)...

मानवसेवा आश्रम र मायाघरलाई लायन्स क्लबको सवा दुई लाख डलरको सहयोग

विराटनगर । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीले कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ...